Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटका शिक्षकहरुद्धारा सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट, ३० साउन ।
संघिय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा रहेका स्थायी, अस्थायी, राहत, साविक उच्च मावि शिक्षक, विशेष शिक्षक, करार, बालविकास तथा कार्यालय कर्मचारीहरु नेपाल शिक्षक महासंघको अगुवाईमा आज मंगलवार गौर नगरको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गौरमा ज्ञापन पत्र बुझाउदै धर्ना दिएका थिए ।
ज्ञापन पत्रमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच विभिन्न मितिमा भएको ३१ र ५१ बुंदे सम्झौता विपरित हाल नेपाल सरकारद्वारा शिक्षा क्षेत्रलाई धारासायी बनाउन संघिय शिक्षा ऐन २०८० ल्याएर मुलुकको शिक्षालाई धरापमा पार्न लागेको आरोप लगाउदै नेपाल शिक्षक महासंघ संघर्षमा उत्रिएका हुन् ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.