Take a fresh look at your lifestyle.
npa 9 suchana

शान्ति सुरक्षालाई प्रथम प्राथमिकता–उपरिक्षक श्रेष्ठ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २० भाद्र ।
जिल्ला प्रहरी कार्यालय गौर रौतहटको आयोजनामा आज परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा भरखरै सरुवा भएर आउनु भएको प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जिल्लाका शान्ति सुरक्षालाई प्राथमिकताका साथ राखेर कार्य गर्ने बताए ।
उनले आफुसँग तिन जिल्लाको अनुभव रहेको बताउदै लागू औषध , चोरी डकैती , महिला हिंसा , घरेलु हिसा ,सिमा नाकामा हुने मदिरा विक्री वितरण , अवैध मदिरा , मानव ओसार पोसार , तस्करी जस्ता कार्यलाई निरुतसाहित गर्ने उनले बताए ।
रौतहट जिल्ला संवेदनशिल जिल्ला रहेको प्रचार प्रसारमा सुनिएको बताउदै उनले आफु सवेदनशिल भएर कार्य गर्ने बताए ।
झुठो मुद्धाको प्रचलन रौतहटमा बढी रहेकोले मुद्धामा अनुसन्धान गरी मुद्धा दर्ता हुने बताए । आज सम्म परिचात्मक कार्य रहेको उनले बताए । भोली देखि प्रहरी चोकीको ४० बुन्द्धे अवधारण लागू गर्ने प्रयास गर्ने स्पष्ट पारे ।
जिल्लाका अधिकाँस संचारकर्मीहरुको सहभागिता रहेको थियो ।परिचात्मक कार्यक्रममा संचारकर्मीहरुले आ आफनो सुभाव दिएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.