Take a fresh look at your lifestyle.
npa 9 suchana

सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनु पर्नेछ

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने बताएका छन् ।
कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उनले महँगी निरन्तर बढिरहँदा सरकारमा बसिराख्न जरुरी नहुने बताए ।
उनले महँगी बढिरहने र जनताको ढाड सेकिइरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताएका हुन् । ‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरुरी छैन,’ उनले भने।
उनले ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे।
सत्तामा बसेर जनताको पक्षमा काम गरौँ पौडेलले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरुरी छैन। म जान नपाएर भनेको होइन । जनताको काम गर्न सत्तामा जाने हो। मेरो साथीले जनताको पक्षमा काम गर्नुप¥यो ।’
आगामी निर्वाचनमा पार्टी सरकारमा हुँदा यस्ता यस्ता काम भए भनेर भन्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टी सरकारमा भएकोले यो– यो काम पूरा भयो र यी बाँकी छन् भनेर भन्न पाउने स्थिति निर्माण हुनुपर्ने पनि उनले बताए । उनले रोजगारी सिर्जना हुन नसकेको बताए। ‘हामीले घोषणापत्रमा १२ लाख नयाँ रोजगारी कुरा कुरा लेखिएको छ । हामी सरकारमा सहभागी भएको ८ महिना भयो । त्यसको सङ्केत देखिएको छैन,’ उनले भने, ‘सुशासनको पक्षमा के–के गरिन्छ भनेर घोषणा पत्रमा लेखिएको थियो ?’
काम नगर्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेर नेतृत्वले भन्न सक्नुपर्ने पौडेलले बताए। ‘प्रधानमन्त्रीलाई यति काम गर नत्र समर्थन फिर्ता लिनुपर्छ भनेर नेतृत्वले भन्नुपर्छ ।’
पार्टीका कामकारबाही कछुवा गतिमा भइरहेकोमा उनले असन्तुष्टि जनाए । मिश्रित निर्वाचन प्रणालीले कुनै पार्टीलाई बहुमत दिन सक्दैन भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि संसद्लाई समावेशी बनाउन सकिने बताए।
‘महिला मात्रै, दलित मात्रै लड्ने सिट छुट्टाएर संसद्लाई समावेशी बनाउन सकिन्छ,’ उनले भने, ‘समानुपातिक प्रतिनिधित्वको अहिलेको व्यवस्थालाई प्रत्यक्षबाट प्रतिनिधित्व गर्न सकिन्छ।’

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.