, रौतहट १७ असोज ।
गढीमाई नगर पालिकाका वडान ७ का वडा अध्यक्ष माथि आज सोही वडाका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएका छन ।
वडा सदस्यद्धय मदन राय यादव , राम बालक राय यादव , महिला वडा सदस्यद्धय प्रेमपति देवी श्रीपति देवीले वडा अध्यक्ष तपेन्द्र राय यादव माथि विभिन्न आरोप लगाई जिप्रका गौरमा उजुरी दिएका हुन ।
वडा अध्यक्ष यादवले सर्व साधारण जनतालाई दुःख दिदै राम्रो व्यवहार नदेखाएको, वडा अध्यक्ष वाहिर गएको बेलामा कसैलाई पनि कार्यवाहक वडा अध्यक्ष नियुतm नगर्ने गरेको , विभिन्न समयमा हप्तौ हप्ताका लागी विदेश जाने गरेकोले सर्व साधारण तथा सेवाग्रहीहरुलाई अनावश्यक सास्ती खेप्नु परेकोले आवश्यक कारवाई गरी सेवा प्रवाह सुचारु गर्न माग समेत उजुरी निवेदनमा उल्लेख गरेको छ ।
सोही उजुरीमा गढीमाई नपा ७ बस्ने अवास मियाँ अन्सारीको छोरी अविदा खातुनलाई नागरिकता नबनाई सोही नाम थर र बुबाको नाम राखी अपरचित महिलालाई नागरिकताको सिफारिस दिई नागरिकता बनाइ दिएकोमा नागरिकता रद गरी सक्कली अविदा खातुन लाई नागरिकता दिन माग गरेको छ ।
नक्कली अविदा खातुनबाट प्रलोभनमा परी जन्म प्रमाणित गरी नागरिकता बनाउनमा सहयोग गरेको र वास्तविक अविदा खातुनलाई नागरिकताको सिफारिस नदिई दुःख दिने गरेकोले कारवाई गरी पाउँ वडा सदस्यहरुद्धारा दिएको उजुरीमा उल्लेख गरेका छन ।
जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत प्रशान्त वर्माले वडा अध्यष माथि उजुरी परेको स्वीकार गर्दै आफनो अधिकार क्षेत्र वाहिर रहेकोले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने बताएका छन । वडा अध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments