

अधिकारको लागी आन्दोलनको आवश्यकता –अध्यक्ष राउत
रौतहट ३१ साउन ।
जनमत पार्टी रौतहटद्धारा आयोजित वृहद पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम आज गौर राइस मिलको सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सि के राउतले अधिकारको लागी आन्दोलन गर्नु पर्ने आजको आवश्यकता रहेको बताएका छन ।
सदियौ देखि अधिकारबाट वञिचत रहेको मधेशी समुदायलाई अधिकार दिन शासक वर्गले विभिन्न षडयन्त्र रचिदै आएको उनले स्पष्ट पारेका थिए ।
मधेशमा मधेशी समुदायको हरेक क्षेत्रमा शत प्रतिशत आरक्षणको आवश्यकता रहेको उनले बताए । जनमत पार्टी रौतहटका अध्यक्ष शेख जमसैदको अध्यक्षतामा विभिन्न वतmाहरुले आ आफनो मन्तव्य राखेका थिए । सोही क्रममा पार्टी कार्यालय समेतको उदघाटन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष राउतले गरेका थिए ।