Take a fresh look at your lifestyle.
katahariya suchana
npa 9 suchana

अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा

gadhimai nagar palika ko suchana
suchana gadhimai

अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
रौतहट २० असोज ।
बडा दशै दिपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आज नेपाल वार एशोसियन को सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झाले बडा दशै दिपावली तथा छठ पर्वको शुभकामना ब्यतm गर्दै अनुशासित भएर पत्रकारिता गर्न आग्रह गरेका छन ।
पत्रकारिता पेशा प्रति समाजिक दृष्टिकोण परिवर्तन हुदै गएकोले सजग र सचेत हुन जरुरी रहेको उनले बताए । समाजिक संजालमा पत्रकारहरुले एक अर्का प्रति टिका टिप्पणी गर्ने गरेको कारण पत्रकार प्रति को दृष्टिकोण परिवर्तन हुदै गएको उनले बताए ।
रौतहटमा नेपाल पत्रकार महासंघको नयाँ सदस्यता विगत क्यौ वर्ष देखि नभएकोले अविलम्ब पहल गर्न आफनो स्तरबाट लाग्न उनले आग्रह गरे ।
महासंघको विधानले कुनै जात धर्मलाई विभेद गरेको छैन उनले स्पष्ट पारेका थिए । महासंघका जिल्ला शाखाको सिफारिसमा प्रदेशले अनुमोदन गर्ने तथा केन्द्रले अभिलेखीकरण गर्नु पर्ने विधानमा उल्लेख हुदाँ हुदै केन्द्रले विधान विपरित गरी प्रदेशको अनुमोदनलाई अभिलेखीकरण नगरेको बताए ।
नेपाल पत्रकार महासंघ रौतहटका शाखाका पुर्व जिल्ला अध्यक्ष रविन्द्र प्रसाद शाहले नयाँ सदस्यता तथा नविकरणमा जिल्ला शाखा र केन्द्रले विधान विपरित कार्य गरेको आरोप लगाए । नेपाल पत्रकार महासंघ रौतहटका शाखाका पुर्व जिल्ला अध्यक्ष शैलेन्द्र गुप्ताले आफनो कार्यकालमा महिला तथा सक्रिय पत्रकारहरुलाई खोजी खोजी नयाँ सदस्यता दिएको बताए । वरिष्ठ पत्रकार प्रभात झाले शुभकामना दिदै पत्रकारिता गर्न अध्ययनको आवश्यकता रहेको बताए । पत्रकार अचार संहिता को अविलम्बन गर्न आग्रह गरे । प्रेस चौतारीका जिल्ला अध्यक्ष आर्दश उपाध्यायले पत्रकारिता जटिल पेश रहेको बताए । नेपाल पत्रकार महासंघका जिल्ला सह सचिव सजय सहनीले शुभकामना व्यतm गरेका थिए भन्ने पत्रकार सन्तोष पौडेलले स्वागत मन्तव्य राखेका थिए । संगम खबरद्धारा आयोजित कार्यक्रमका अध्यक्षता दिनेश यादवले गरेका थिए भन्ने संचालक चञ्चल झाले गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.