

विभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरुद्धारा घर दैलो कार्यक्रम
रौतहट ६ मसिर ।
स्थानीय तह उप निर्वाचन २०८१ को लागी राजपुर नगर पालिका वडा न ६ मा विभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरुले घर दैलो कार्यक्रम गरी रहेका छन ।
नेपाली काग्रेस पार्टीका केन्द्रिय महासचिव विश्व प्रकाश शर्मा सहितको टोलीले आज राजपुर नगर पालिकाको वडा न ६ का वडा अध्यक्षका उम्मेदवार समसे आलमलाई जिताउनका लागी घर दैलोमा पुगी महासचिव शर्माले जनतासँग मतदान रुख छापमा गर्न आग्रह गरेका थिए ।
सो घर दैलो पश्चात राजपुर नगर पालिकाको वडा न ६ स्थित कोण सभामा परिणत भइ सो सभाका सम्बोधन गर्दै नेका महासचिव शर्माले नेपाली काग्रेस पुरानो पार्टी रहेको बताउदै मधेशको उत्थानका लागी नेपाली काग्रेस पार्टी नै उपयुतm भएकोले नेकाको वडा अध्यक्ष उम्मेदवार आलमलाई जिताउन आग्रह गरे ।
सोही कार्यक्रममा राजपुर नगर पालिकाका मेयर डा राजीक आलमले आफु नगर भरीको विकास कार्यमा लागी परेको बताए । नेपाली काग्रेस पार्टीका वडा अध्यक्ष उम्मेदवार आलमलाई जिताए अझ विकास गर्नमा टेवा पुग्ने बताए ।
यसै गरी नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार मो. नासिम अख्तर ,जनमत पार्टीका उम्मेदवार क्यामुदिन धुनिया लगायतका १२ जना उम्मेदवार अहिले घर दैलोमा व्यस्त रहेका छन ।