किटनाशक औषधी र गहुँ वरामद सहित मानिस पक्राउ
रौतहट, २६ पुस ।
किटनाशक औषधी र गहुँ लोड भएको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि करदाता सेवा कार्यालय गौरमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा शुक्रवार जारी गरिएका प्रेस नोटमा दुई दिन अघि बुधवार राति ९.४५ बजेको समयमा गौर नगरपालिका वडा नम्वर ५ स्थित ना २ च ७७६१ नम्वरको पिकअपमा किटनाशक औषधी लोड भईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए । त्यसै गरी सोही स्थानमा ना २ च १६५० नम्वरको ट्रेक्टरमा रहेको गहुँ र ट्रेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
गौर नपा ५ घर भएका पिकअपका ४५ बर्षिय चालक संजिप यादव र सोही स्थानका ३० बर्षिय ट्रेक्टर चालक सुनिल यादवलाई नियन्त्रणमा लिएर उक्त सामानहरुको चेकजाँच गर्दा सवारी सधानमा लोड भएका सामान र विलविजक फरक भएको हुँदा सवारीसाधनमा लोड भएको सामानहरु सहित मानिसलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजस्व करदाता सेवा कार्यालय गौरको जिम्मामा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकृत उमाशंकर गुप्ताले बताए ।
प्रहरीले बरामद गरेका किटनाशक औषधी र गहुँ भारतबाट भित्रयाएर नेपालमै लैजाने तयारी भईरहेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गर्न सफल भएको थाहा हुन आएको छ ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
अर्को
- प्रतिक्रिया
- Facebook Comments