Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ
रौतहट, ४ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सेवा क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असार महिनामा विभिन्न शीर्षकमा १२२ वटा मुद्दा दर्ता भएका छन्।
दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी २२, आत्महत्या ११, चोरीसम्बन्धी ५, संगठित तथा आर्थिक अपराध २२, सामाजिक अपराध १७, मानव तथा बालबालिकासम्बन्धी अपराध ६, सवारी ज्यान ८ तथा अन्य २३ वटा मुद्दा रहेका छन्।
यस्तै, जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्य ज्यानका ३, हातहतियारसम्बन्धी १, बैंकिङ कसुरका १९ र ठगीसम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीले चालु मुद्दाका ६० जना प्रतिवादी पक्राउ गरेको जनाएको छ।
असार महिनामा रौतहट प्रहरीले विभिन्न मुद्दामा फैसला कार्यान्वयनतर्फ ६३ जना पक्राउ गरी ११ वर्ष ४ महिना २ दिन कैद तथा ७ लाख ६९ हजार २०० रुपैयाँ जरिवाना असुली गरेको विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार महिनाभर १३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन्। प्रहरीले १३८ वटा सवारीसाधनमाथि कारबाही गर्दै ९ लाख ९ हजार ५०० रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।
अवैध हातहतियारतर्फ एक थान पेस्तोल र ६ राउन्ड गोली बरामद गरिएको छ। यस्तै, राजस्व चुहावट नियन्त्रणअन्तर्गत करिब २३ लाख ९२ हजार ४५४ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ ६ वटा सवारीसाधन कारबाहीमा परेका छन् भने २५ हजार ४०० रुपैयाँ जरिवाना असुल भएको छ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ४ वटा मुद्दा दर्ता गरी ६ जनालाई पक्राउ गरिएको छ। प्रहरीले गाँजा, ब्राउन सुगर, नाम नखुलेका ट्याबलेट तथा नाइट्राभेट बरामद गरेको जनाएको छ। अवैध मदिरा नियन्त्रणतर्फ ११५ लिटर मदिरा बरामद गरिएको छ।
प्रहरीको तथ्यांकअनुसार असार महिनामा १९ जना महिला, ३ जना बालक, १९ जना बालिका र १ जना ज्येष्ठ नागरिक गरी ४२ जना हराएको निवेदन परेको थियो। त्यसमध्ये २० जना फेला परेको विवरणमा उल्लेख छ।
यस्तै, घरेलु हिंसासम्बन्धी ३० वटा उजुरी परेकोमा २६ वटा मिलापत्र भएका छन्। नागरिक सेवा अन्तर्गत २३० वटा नागरिकता सिफारिस, १२ वटा अन्य कागजातसम्बन्धी सेवा प्रदान गरिएको छ। प्रहरी कार्यालयमा प्राप्त ६३६ उजुरीमध्ये ६२६ वटा फर्छ्योट भएको र १० वटा बाँकी रहेको जनाइएको छ।
सामुदायिक तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत लागुऔषध, आत्महत्या, महिला हिंसा, ज्येष्ठ नागरिक, विपद्, बालविवाह, बालश्रम, साइबर अपराध, ट्राफिक सचेतना लगायतका विषयमा १९९ वटा कार्यक्रम सञ्चालन गरी २९ हजारभन्दा बढी नागरिकलाई सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार महिनामा २८८ हटलाइन, ७८० डायल १०० तथा १४ हजार ९३२ अन्य फोनकल गरी कुल १६ हजारभन्दा बढी सम्पर्क प्राप्त भएको थियो। प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा र नागरिक सेवामा आगामी दिनमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.