Take a fresh look at your lifestyle.
npa 9 suchana

परिवर्तनको लागी सकरात्मक सोच नबनाए सम्म रौतहटको विकास नहुने प्रजिअ

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ९ पुष ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सवारी दुर्घटनामा दैनिक दश जनाको ज्यान जाने गरेकोले सचेत हुन जरुरी रहेको बताए । ट्राफिक कार्यालय गौरद्धारा आयोजित सडक सुरक्षा सचेतना सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै सवारी दुर्घटना न्यूकरण गर्न सुरक्षाकर्मी अथक प्रयास गरी रहेको अवस्थामा पनि सवारी दुर्घटना हुनुमा नागरिक सचेत नरहेको उनले भने । भारतको सिमाना सँग जोडिएको मधेश तराईका जिल्ला मध्ये पछाडी परेको जिल्ला रहेको उनको कथन रहेको थियो । परिवर्तनको लागी सकरात्मक सोच नबनाए सम्म रौतहटको विकास नहुने प्रजिअ पौडेलले बताए । रौतहटमा ७० देखि ८० प्रतिशत भारतीय गाडीको प्रयोग भइ रहेको उनले बताएका थिए । भारतीय गाडी प्रयोगले राजश्व घटा भइ रहेको बताए । सचेत नागरिकको जिम्मेवारी निर्वाह गर्न राजश्व तिर्ने वानी बसाल्न उनले आग्रह गरेका थिए । ३५ किलो मिटर मात्र भारतीय सिमाना सँग जोडिएको रौतहट जिल्लाको सिमाना रहेकोले सुरक्षाको दृष्टि एकदमै राम्रो रहेको बताए । पुर्वमा वागमति पश्चिममा लाल बकैया रहेकोले बाढीको समयमा जनजिवन प्रभावित हुने गरकोले उपयुतm व्यवस्थापन गर्न जरुरी रहेको उनले आफनो धारण राखेका थिए । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक केदार ढकालले जिल्लाको सुरक्षाको स्थितिलाई अवगत गराउदै अवैध मदिरा ओसार पोसारमा वस चालकहरुले पनि जिम्मेवारी लिनु पर्ने धारण राखेका थिए । बसमा लोड हुने अवैध कारोवारलाई निरुत्साहित गर्न आग्रह गरेका थिए । वसमा अवेध समाग्री पक्राउ परेमा बस चालक तथा बस स्टापलाई पनि कारवाही उनले बताए । यसै गरी गौर नगर पालिकाका मेयर अजय गुप्ताले दुर्घटनालाई न्यनीूकरण गर्न सवारी चालकले आफै सचेत रहन आग्रह गरेका थिए । सो क्रममा शसस्त्र प्रहरी उपरिक्षक , राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक अभिनय कुमार सिह , नेपाल पत्रकार महासँघका अध्यक्ष रविन्द्र प्रसाद शाह लगायतका वतmाहरुले सवारी दुर्घटना रोक्न आ आफनो सुझाव दिएका थिए । ट्राफिक कार्यालय गौरका प्रमुख जटाशंकर सिहको सक्रियतामा सडक सुरक्षा सचेतना सप्ताह कार्यक्रम सचालन भइरहेका छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.