Take a fresh look at your lifestyle.
npa 9 suchana

पुल निर्माण तथा निर्माण कार्यमा व्यापक अनियमितता

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १० माघ ।
रौतहटका सदरमुकाम गौरका टिकुलीया घाटको पुल निर्माणमा व्यापक अनियमितता हुने गरेको आरोप स्थानीयले लगाएका छन । समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु साहको सक्रियतामा गएको स्थानीय टोलीले निर्माण काम अनुगमन तथा निरिक्षण गरे पछि प्रतिक्रिया दिदै पुल निर्माणमा व्यापक अनियमितता भइ रहेका बताएका छन । लालवकैया नदीको पुल निर्माण टिकुलीया घाटमा कछुवाको चालमा हुदैछ । पुल निर्माण माटो सहितको वालुवाबाट भइ रहेकोले सम्बन्धित निकायसँग कारवाहीको माग गरेका छन । सिमेन्टको मात्रा कम र वालुवाको मात्रा बढी राखेर निर्माण कार्य भइ रहेको समाज सेवी शाहले बताए । कर्मैयाको वालुवाबाट पुल ढलान गर्न माग गरेका छन । वागमतीको स्थानीय वालुवाले पुल निर्माण गुणस्तर नहुने स्थानीयहरुको दावी रहेका छन । सिमेन्ट कम बालुवा बढी र माटो सहितको वालुवाले बनाउन लागेको समाग्री गुणस्तरहिन हुने बताएका छन । पप्पु कन्टक्शनले टेन्डर हात पारी निर्माण कार्य गरी रहेको छ । स्मरियरहोस गत वर्ष टिकुलीयाघाटमा डुंंङगा दुर्घटना हुुदाँ पाँच जनाको ज्यान गएको थियो । यसै गरी निर्माणाधिन पुलको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । सघन सहरी भवन निर्माण आयोजना पर्साद्वारा रौतहटको गौर नगरपालिकामा निर्माण हुदै गरेको पुलको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले निर्माण कार्यनै रोकि दिएका छन् । ठेकेदारले एकलौटी ढंगले पुल निर्माणको काम गरिरहेको स्थानीयको आरोप छ । गौर नगरपालिकाको वडा नम्बर ९ बाट ७ लाई जोड्ने सडकमा निर्माण भइरहेको पक्की पुलमा अनियमित ढंगबाट ढलान गरिएपछि स्थानीयले रोकेका हुन । पुलको बेस तयार गर्न इष्टिमेटमा ४० एमएम डाउन गिट्टीको साइज हुनुपर्नेमा त्यो भन्दा दोब्बर ठुलो प्रयोग गरिएको,डण्डीको ज्वाइन्टमा ठुलो ग्याप फेला परेपछि स्थानीयले कामनै बन्द गराएका हुन । निर्माणको क्रममा स्थानीय खोलाको बालुवा प्रयोग गरेको पाइएपछि स्थानीय झन् आक्रोशित बनेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको चलन चल्तीको सडकको पुल निर्माण गर्दा ठेकेदारले मनोमानी गरेको स्थानीयको आरोप छ । सघन सहरी कार्यक्रम अन्तर्गत गौर नपामा झन्डै २ अर्ब भन्दा बढीको आयोजना सञ्चालनमा छ । सडक र पुल निर्माणको कामको स्वचन्दरढुकुछुरआश्रय ज्वाइन्ट भेन्चर बसुन्धाराले ठेक्का पाएको हो । निर्माणको काम गत वर्षदेखि नै सुरु भएको हो । ठेकेदारले सुरु देखि नै गणस्तरहिन काम गर्दै आएको नेकपाका नेता शम्भु साहले बताए । उनले सुरुवात देिखनै राम्रो काम गर्न आफुहरुले भन्दा समेत ठेकेदारले बदमासी गरेको बताए । सडकको स्ट्राम्चर खडा गर्दा ९ इन्च माटो राखेर कम्पेक्सन गरी ६ इन्चमा ल्याउनुपर्ने भए पनि कम्पेक्सन नै नभएको साहले बताए । ठेकेदार रामश्रे साहले सबै काम गुणस्तर भइरहेको दाबी गरेका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.