

,रौतहट ३ साउन ।
जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख कवित कट्वालले बताएका छन । बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत असई साहलाई असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख कटवालले बताए । साउन १ गते पक्राउ गरी विहिवार अदालतबाट म्याद थप भएको बताइएको छ ।