काठमाडा ३१ बैशाषं ।
वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत सबै पत्रकारको कोरोना परीक्षण थालिएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म पत्रकारमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो । त्यसका लागि पत्रकारहरु नारायणी अस्पतालमा पुगेका छन् भने हालसम्म ७० जना पत्रकारको नमुना संकलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिउँसो १ बजेसम्म ७० पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । सो अवधिमा नभ्याइएका बाँकी पत्रकारको साँझ ५ देखि ६ बजेसम्म स्वाब संकलन हुने बताइएको छ । कोरोना परीक्षणका लागि १२० पत्रकारले नाम लेखाएको अस्पतालले जनाएको छ । हालसम्म पर्सा्जिल्लामा दुई पत्रकारसहित ८२ जनामा कोरोना पुष्टि भएको छ । पर्सा कोरोना संक्रमितको ‘हटस्पोट’ बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । पत्रकारको कोरोना परीक्षणको रिपोर्ट शुक्रबार सम्म आइपुग्ने बताइएको छ ।
Trending
- लागु औषध सहित १ जना मानिस पक्राउ
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments