Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्लाको पनि जनजिवन प्रभावित

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ साउन ।
आइतवार देखि लगातार परिरहेको वर्षाले जिल्लाको पनि जनजिवन प्रभावित भएको छ । अविरल वर्षाले जिल्लाका ग्रामिण भेगका कच्ची सडकहरु आवतजावत गर्ने लायक छैन । अधिकांश सडक सञ्जालहरु पानीले जलमग्न हुन थालेको छ । वर्षाले बागमति , लालबकैया र झाझ नदीमा विस्तारै पानीको सतह बढन थालेको छ । बर्षाका कारण लालबकैया र बागमती नदीका किनारका वासिन्दाहरुमा भय सिर्जना हुन थालेका छन । वर्षा हुन थालेपछि जिल्लामा डुवान तथा कटानले क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरी सचेत गराएको छ । वर्षा भइरहेको र क्रम अझै केहिदिन सम्म निरन्तर रुपमा जारी नै रहने पुर्वानुमान गरिएकोले जिल्लालाई प्रभावित गर्न सक्ने बागमति, लालबकैया झाझ नदीमा पानीको बहाव सतर्कता आसपास हुन गई आकस्मिक बाढी आउन सक्ने देखिएकोले सम्पुर्ण जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । राजदेवी नगर पालिकाका वसतपुर नजिक तटवन्ध कटान गर्न थाले पछि मर्मत कार्य भइ रहेको नगरपालिकाले जनाएको छ । यसै गरी तेजापाकट नजिक लालबकैया नदीले बाध कटान गर्न थालेकाले स्थानीयवासी भयभित भएको स्थानीय अमर यादवले बताएका छन । पानीको निकास नभएको कारण गौर सदरमुकाम जलमग्न भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.