

, रौतहट १० भाद्र ।
दुर्गा भगवती गाउँ पालिकाद्धारा निशुल्क पिसि आर टेष्ट शुरु हुन थालेका छन । सिमावर्ती जिल्ला तथा स्थानीय तहका सामुदायका व्यतिmहरुमा कोभिड १९ रोगको संक्रमण देखिएको हुदाँ संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरण गर्न एक घर एक पिसि आर टेष्ट गराउने नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार शुक्रवार विहान ११ वजे देखि श्री सरस्वती मावि पिपरा भलोहियाको प्राङ्गनमा स्वाव संकलन हेल्थ डेस्क संचालन हुने दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण साहले बताएका छन । गाउ पालिका वासीलाई निशुल्क पिसि आर टेष्ट गराउन स्वास्थ्य संयोजक राम विनोद दास ,ल्याव असिष्टेन्ट शिवेश कुमार चौधरी ,स्वास्थ्य चौकी मत्सरी इन्चार्य शतिसचन्द्र झा ,वडहर्वा स्वास्थ्य चौकी हे अ मुकेश कुमार गुप्तालाई सम्पर्क गर्न आग्रह गरेको छ ।