

, रौतहट १२ पुस ।
गौर नगरपालिका वडा नं.४ बसपार्क चोकमा जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत अस्थायी प्रहरी पोष्ट वसपार्कबाट खटिएको प्रहरी टोलीले शनिवार पैदल यात्रु तथा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा लागू औषध सहित मानिसलाई पक्राउ गरेको छ ।
शनिवार करिव ४ ः४५ वजेको सयममा पक्राउ पर्नेमा भारत विहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत हसनपुर बालुवा वस्ने रामबाबु जैसवालको छोरा अं.बर्ष २३ को अनिल कुमार जैसवाल माथि शंका लागि निजले बोकेको सेतो हैण्ड व्याग चेकजाँच गर्दा उक्त व्याग भित्रबाट लागू औषध वरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नोरफिन २ एमएलको एम्पुल ४५० वटा, डाईजेपाम २ एमएलको एम्पुल ४५० वटा, फेनारागोन २ एमएलको एम्पुल ४५० वटा गरी जम्मा १३५० वटा एम्पुल फेला परेकोले निजलाई नियन्त्रणमा लिई निजको साथी भारत विहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर वस्ने शम्भु चौधरीको छोरा अं. बर्ष २२ को रबि कुमार समेतलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।