Take a fresh look at your lifestyle.
npa 9 suchana

बाघ गणनाका लागि राखिएको क्यामेरा बनबाट चोरी

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट , २४ माघ
बाघ गणनाका लागि राखिएको क्यामेरा रौहतटको बनबाट चोरी भएको छ । बनका विभिन्न क्षेत्रमा बाघ गणना गर्न राखिएका ६ वटा क्यामेरा चोरी भएको हो। केही क्यामेरा कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । चाँदी खोलादेखि बागमती खोलाको बीचको जंगलमा राखिएका ४ वटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिकले जनाएको छ । त्यसैगरी पौराइ नजिकै राखिएको एउटा क्यामेराबाट मेमोरी कार्डमात्र चोरेर लगेको बताइएको छ । पौराई क्षेत्रमा बढि बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने अनुमान गरिएको छ । त्यसैगरी एकसेट क्यामेरा झाँडीमा फालेको अवस्थामा भेटिएको र एकवटा क्यामेरा भने निकालेर उल्टो पारेर बाँधिएको वन्यजन्तु प्राविधिकले जनाएको छ ।क्यामेरा पूर्ण अटोमेटिक भएकाले सर्वसाधरणको लागि फोटो, भिडियो खिच्न कुनै काम नलाग्ने भएकोले फिर्ता गर्न आग्रह गरिएको छ । रौतहटको जंगलमा सन् २०१८ मा बाघ गणना गरिएकोमा एक वटा बाघ पनि नदेखिएकोले गत वर्ष ४ वटा बाघ फेला परेको डिभिजन वन कार्यालयका प्रमुख अमरदेव यादवले जानकारी दिए । वनमा बाघ गणनाका लागि माघ ४ गतेदेखि क्यामेरा जडान गरेको थियो । यसरी जंगलमा राखिएका क्यामेराहरु १५ दिनसम्म जंगलमा राखिने र त्यसपछि सबै संकलन गरेर तथ्याङ्क विश्लेषण गरेर बाघ गनिने राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमख डा बाबुराम लामिछानेले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.