Take a fresh look at your lifestyle.
npa 9 suchana

देश भरी नै एमाले मै बनाउन लाग्नु पर्ने आजको आवश्यकता–महासचिव सिह

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ११ भाद्र ।
नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्य समिति रौतहटको आयोजनामा मंसिर ४ गते हुने निर्वाचनमा नेपाल बुद्धिजीवी परिषदको भुमिका सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय महासचिव डा अर्जुन सिहले रौतहटका चार वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई जिताउन देखिएको उत्साह उमग लाई सराहना गर्दै देश भरी नै एमाले मै बनाउन लाग्नु पर्ने आजको आवश्यकता रहेको उनले बताए ।
मंसिर ४ गते हुने प्रदेश सभा तथा सघिय निर्वाचनका लागी आ आफनो स्तरबाट अहिले देखि नै लाग्नु पर्ने धारणा व्यतm गरेका थिए । बुद्धिजीवी परिषदमा विभिन्न पेशाबाट सहभागी तथा सहभागिता गराउने उदेश्य अनुरुप नै गठन भएको महासचिव सिहले बताए ।
विभिन्न जिल्ला देखि केन्द्र सम्म रहेको परिषदको भुमिका अपरिहार्य रहेको बताउदै निर्वाचनमा सक्रिय सहभागिता जनाउन उनले आग्रह गरे ।
सो अवसरमा युवा नेता अजय कुमार गुप्ताले बुद्धिजीवी परिषदको भुमिका अहम हुने बताए । रौतहटका चार वटै क्षेत्रमा यसपालीको निर्वाचनमा इतिहास पल्टाउने जनताको इच्छा आँकक्षा रहेको महसुस भइ रहेको बताए ।
सोही अवसरमा कर्मठ नेता राजेश चौधरीले रौतहटमा इतिहास कायम रहेको अवगत गराउदै आउदो निर्वाचनमा जनताले एमालेलाई मतदान गरी अहम भुमिका खेल्ने बताए ।
नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्य समिति रौतहटका अध्यक्ष अनिल कुमार झाको अध्यक्षतामा मौलापुर नगर पालिका मेयर रिना कुमारी शाह ,गरुडा नगर पालिकाका मेयर कन्तमणी जयसवाल ,देवाही गोनाही नगर पालिकाका मेयर प्रेमलाल शाह लगायत वतmाहरुले आ आफनो धारणा राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.