Take a fresh look at your lifestyle.
npa 9 suchana

कटहरिया बजारमा गएराति लुटपाट

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट कार्तिक ।
कटहरिया बजारमा गएराति लुटपाट भएको छ । लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ। घटनास्थल ईलाका प्रहरी कार्यालय कटहरियाबाट मात्र दुईसय मिटर टाढा रहेको छ । अज्ञात हतियारधारी समूहले गएराति १ बजे कटहरिया ५ का रामचन्द्र साह सोनारको घरमा लुटपाट गरेको थियो । लुटेरा समूह घरको पछाडि वालमा फलामको सिढी लगाएर भित्र प्रवेश गरेका थिए । उनीहरुले विभिन्न गहना, नगद र केही कपाली तमसुक समेत लुटेको पीडित रामचन्द्र साहले बताएका छन् । तलको कोठाबाट लुटपाट पछि तीनजनाको संख्यामा रहेका लुटेरा समूह दोस्रोतल्लामा प्रवेश गरेका थिए । दोस्रो तल्लाको कोठामा सुतिरहेका साहका नाति २५ वर्षिय विवेक साहको निन्द्रा खुलेपछि कोहो भनि कराउँदा लुटेरा समूहभागेको थियो । घटनालगत्तै बिहान साढे दुईबजे ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट आएको प्रहरी टोलीले लोड अवस्थामा एउटा घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको पुष्टि गर्दै घटना बारे थप अनुसन्धान भैरहेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.