, रौतहट २१ चैत्र ।
स्थानीय तहमा हुने कानून निर्माण प्रक्रियामा सहजीकरण न्याय सम्पादन बिषयक अन्तरकृया कार्यक्रम आज तराइ इन होटल चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका कानुन मन्त्री राजकुमार लेखीले सरकार स्थिर नभएकोले काम गर्न कठिनाई भइ रहेको बताएका छन । सरकार गठनको ३ महिना बिति सक्दा पनि कार्य सुस्ताएको छ उनले भने । प्रदेश सरकार र स्थानीय सरकारको समन्वय गरी सहकार गरी दोहरो अन्तरकृया गरे फलदायी हुने मनसायले कार्यक्रम राखिएको उनले स्पष्ट पारेका थिए । प्रदेश सरकार र स्थानीय सरकारले ५ लाख १० लाखको कार्य गर्दै आए पनि फरक देखाउन सकेको छैन उनले भने । अरुलाई दोष देखाउन सहज छ तर आफु बहन गर्न कठिनाई भएको बताउदै गाउँमा भएको पोखरी फोहर छ ,शहरमा नाला जाम छ , धान सुकाउन पहिला आगनमा सुकाउने गरेको थियो अहिले रोडमा सुकाउने चलन भएको छ बताए । विदेशमा जाँदा सडक सफा छ , नाला सफा छ , बजार सफा छ किन कि कानुन बलियो छ सडकमा फोहर फाले कैद सम्म जरिवाना छ त्यसैले अब कानुन बनाउदाँ कडा बनाउनु पर्छ मन्त्री लेखीले भने । ध्वनी प्रदुषण , डिजे बाजा जस्ता कार्यले हाम्रो समाज विकृति तर्फ उन्मुख भइ रहेको बताए । मधेश प्रदेश सरकार कानुन न्याय तथा प्रदेससभा मामिला मन्त्रालय जनकरपुरले आयोजना गरेको कार्यक्रममा न्याय समितीले हेर्ने बिवादहरु,न्यायिक समितीमा देखिएका समस्याहरु,काम,कर्तव्य र अधिकार लगायत स्थानिय सरकार संचालन ऐन २०७४ मा भएको प्रकृयागत ब्यवस्थाको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा उच्च अदालत जनकपुरका उपन्याधिबक्ता बद्री बहादुर कार्की ,अधिवक्ता गणेश पाण्डे लगायतले सहजीकरण गरेका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments