, रौतहट ४ असार ।
हुलाकी सडक बडहर्वा छतौना रौतहट सर्लाहीको ठेकेदारले गरेको लापरवाहीका कारण सडक भत्कन थालेका छन ।
सडक मर्मत तथा निर्माण कार्य सडक छेउकै माटो खन्नी सडक मर्मत तथा निर्माण गरेकोले अहिले सडक भत्कन शुरु भएको छ ।
अहिले थोरै मात्रामा पानी परेको कारण सडक भत्कन शुरु भएको स्थानीयवासीले बताउँछन । अविरल पानी पर्न थाले पछि सडक नै विलिन हुने गरी बनाइएको सडक बालुवामा पानी हाले सरह भएको स्थानीय जितु ठाकुरले बताए ।
सडक निर्माण तथा मर्मत गर्नका लागी माटोले पुर्नु पर्नेमा बालुवाले सडक निर्माण तथा मर्मत गरेकोले बाटो निर्माण तथा मर्मतको कुनै औचित्य नभएको स्थानीयले आरोप लगाएका छन ।
हुलाकी सडक जनकपुरका प्रमुख कृष्ण महतोको मिलोमतोमा व्यापक सडकमा अनियमितता भएको स्थानीय वासी ठाकुरले बताए ।
प्रमुख महतोको मिलोमतोमा ठेकेदारले लपरवाही पुर्वक कार्य गरी रकम भुक्तानी लिन थालेको आरोप लगाएका छन ।
वर्षा हुने वितिकै सडक विलिन हुने सडक निर्माणले स्थानीयवासी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी दिने तयारी गरी रहेको बताएका छन । यस सम्बन्धमा प्रमुख महतो सँग सम्पर्क गर्न खोज्दा फोन उठेन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments