

, रौतहट २३ असार ।
पुर्व राजा ज्ञानेन्द्र शाहको ७७ औ जन्मोत्सव आज शिवालय मन्दिरमा पुजा पाठ गरी मनाउदै सुस्वाथ्य तथा दिर्घायुको कामना गरेका छन ।
नेपाल विद्धत् परिषद रौतहटका उपाध्यक्ष सुरेन्द्र झाको अगुआइमा जिल्लाका विभिन्न पडितद्धारा पुजा पाठ गराइएको छ ।
पुर्व राजाको शासन व्यवस्था कायम गराउन तथा जनताको सुख शान्तिको अनुभुतिका लागी पुजा पाठ गराइएको नेपाल विद्धत् परिषदका बच्चा मिश्रले बताएका छन ।
सो अवसरमा विद्धत् परिषदको सदस्यहरुको सहभागिता रहेको थियो ।