भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थाले अनेरास्ववियु
रौतहट । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थालेका छन । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा अनेरास्ववियुले अस्थायी टहरा निर्माण गर्न थालेका हुन ।
त्यसका लागि उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा स्वयंसेवकहरू परिचालन भएका छन् । उपाध्यक्ष घर्तीका अनुसार स्वयंसेवक अभियान मंसिर १६ गतेसम्म चल्नेछ । १५ दिने अभियानसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेको अनेरास्ववियुको टोलीले अस्थायी टहरा निर्माण गर्नुका साथै भूकम्पले भत्काएकालाई व्यवस्थापन गर्ने समेत काम गर्दै आएको छ ।
असोज १६ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पनि १५४ जनाको मृत्यु भएको थियो । हजारौँ परिवार घरबारविहीन बनेका छन् । उनीहरू कठ्याङ्रिदो चिसोमा खुला आकाशमुनि रात कटाउन बाध्य भइरहेको उपाध्यक्ष घर्तीले बताए ।
आफूहरूले अस्थायी टहरा निर्माण गर्ने, भग्नावशेषहरू पन्छ्याउनेसँगै भूकम्पका कारण मानसिक रूपमा विक्षिप्त बनेकाहरूलाई सहजीकरण गर्ने समेत कार्य गर्दै आएको उनको भनाई छ ।
अहिले राहत र उद्धारको कार्य सकिएको अब पुनर्निर्माणको कार्य गर्नुपर्ने बताए । त्यसका लागि राज्यले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, ‘चिसो मौसम सुरु भइसक्यो । तत्काल पुनर्निर्माणको कार्य गर्न सकेनौँ भने भूकम्पले भन्दा बढी चिसोका कारण मानिसहरूको मृत्यु हुनेछ ।’
अनेरास्ववियुले जाजरकोट र पश्चिम रुकुममा भौतिक संरचना पुनर्निर्माण तथा उद्धार का लागि १ हजार स्वयंसेवक खटाएको दाबी गरेको छ ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments