रौतहट, १२ मंसिर । नेकपा एमाले जिल्ला कमिटि रौतहटको आउदो माघ १२ र १३ गते जिल्ला अधिवेशन हुने निर्णय भएको छ ।
सोमवार एलमो जिल्ला कमिटि रौतहटको पार्टी कार्यालय गरुडामा बसेको सचिवालय बैठकबाट जिल्ला अधिवेशन गर्ने सम्बन्धी निर्णय गरेको हो ।
माघ १२ र १३ गते पार्टीको दशौ जिल्ला अधिवेशन गर्ने निर्णय गर्नुका साथै पुुस ६ गते जिल्ला कमिटीको पूर्ण वैठक आयोजना गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश कमिटी सदस्य रामजी साहले बताए ।
त्यसैगरी नेकपा एमालेको झुलाघाट– चिवाभन्ज्यांग यात्रा सफल पार्न कृयाशिल हुने निर्णय बैठकले गरेको थियो । नेकपा एमाले जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्यद्धय उद्दव रेग्मी, अजय गुप्ता, केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर यादव प्रदेश कमिटी सदस्यहरू बिना साह, हिरा खपाङ्गी गौरीशंकर जैसवाल जिल्ला अध्यक्ष सच्चिदानन्द साह लगायतको उपस्थिति रहेको जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी दिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments