Take a fresh look at your lifestyle.
npa 9 suchana

दोषीलाई छाडेको आरोप लगाउदै पिडितद्धारा गौरमा जुलुस

gadhimai nagar palika ko suchana
suchana gadhimai

दोषीलाई छाडेको आरोप लगाउदै पिडितद्धारा गौरमा जुलुस
, रौतहट ८ पौष ।
ज्यान मार्ने अभियुतmलाई छाडेको आरोप लगाउदै आज पिडित पक्षद्धारा गौरमा जुलुस प्रर्दशन गरेका छन । वरहवा पुल देखि शुरु गरेको जुलुस नगरको परिक्रमा गर्दै सरकारी वकिल कार्यालय रौतहटका मुलगेटमा धर्ना दिएका थिए । सरकारी वकिल कार्यालय रौतहटले मुद्धा नचलाएको आरोप लगाउदै धर्ना दिएको मृतकका बुबा नागेन्द्र साहले बताए । मसिर २ गतेका दिन राजदेवी नगर पालिका ६ कार्वना निवासी राहुल कुमार साहलाई सोही निवासी चारले छुरा प्रहार गरी घाइते बनाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटमा चार जनालाई माथि पिडित पक्षले जाहेरी दिएको मृतकका बुवा साहले बताएका छन । जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायधिवतmा बद्री कुमार कार्कीले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान तथा प्रतिवेदन अनुसार २ जनालाई अभियुतm बनाएको बताए । उनले थप २ जना माथि मुद्धा चलाउने कि नचलाउने भनी राय महान्यायधिवतmाको कार्यालयलाई सम्बोधन गरी राय माग गरिएको भने । मुद्धा चलाउन राय आएको खण्डमा पुनः मुद्धा चलाउने उनले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले पिडित परिवारबाट शुरुमा एक जना माथि ज्यान मार्ने उधोग दर्ता भएको बताए । घाइते राहुलको मृत्यु भए पछि चार जनामाथि आएको जाहरी माथि छानवीन गर्दा दुई जनाको लोकेशन जाँच गर्दा काठमाण्डौमा रहेकोले २ जना माथि मुद्धा चलाउन पत्र नपठाएको बताए । विनोद गुप्ता , मुकेश गुप्ता , राहुल गुप्ता र अनीस गुप्तामाथि जाहरी परेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.