Take a fresh look at your lifestyle.
npa 9 suchana

विभिन्न व्यतिmहरुको खाताबाट रकम झिक्ने तीन जनालाई पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १२ पुष ।
बैक खाताबाट पटक पटक गरी अरुको रकम झिक्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालीका वडा नं. ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी ,सोही निवासी वडा नं. ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह , गुजरा नगरपालीका बडा न.६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नं.१० बस्ने बर्ष ४२ को राज कुमार साहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
गौर नगरपालीका वडा नं.–४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि. को खाताबाट असार २९ गतेका दिन देखि पटक पटक गरी जम्मा रु.बाह्र लाख छयालिस हजार चार सय चालिस, गौर नगरपालीका बड़ा नं.–७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट असार २० गते देखि पटक पटक गरी जम्मा रु.पांच लाख , गौर नगरपालीका वडा नं.२ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट कार्तिक २९ गतेका दिन असी हजार, चन्द्रपुर न. पा.वडा नं.–९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा रहेको खाताबाट कार्तिक ३० गते देखि पटक पटक गरी जम्मा रु.छ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा गरी जम्मा रकम चौविस लाख सैतिस हजार छ सय पचासी रुपैया सन्ताउन्न पैसा झिकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विभिन्न काल्पनिक व्यक्तिहरुको नाम भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत माथी उल्लेखित मानिसहरुको खाताको रकम अनाधिकृत रुपमा पहुच पुन्याई चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको मानिसहरुलाई पक्राउ गरी अनुसन्धान भइ रहेको जिप्रकाका सुचना अधिकारी एलिजा गिरीले बताएकी छिन ।
पश्चात अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु पुष ११ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको तथा केही व्यक्तीहरु भागी फरार रहेको, फरार प्रतिवादीहरुको हकमा खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको जनाइउको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.