Take a fresh look at your lifestyle.
npa 9 suchana

चुनाव जित्न विकाससँग संगठनलाई जाेड्नु पर्छ : शंकर पोखरेल

gadhimai nagar palika ko suchana
suchana gadhimai

चुनाव जित्न विकाससँग संगठनलाई जाेड्नु पर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानु पर्ने बताउनुभएको छ ।

नेकपा एमाले दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासको कामको उचित प्रचार गर्न पनि सक्नु पर्ने बताउनुभयो । ‘विकासले मात्रै चुनाव जितिँदैन, विकाससँग संगठनलाई जोड्यो भने मात्र चुनाव जितिन्छ, विकास र संगठन सँगसँगै लिएर गयो भने मात्र चुनाव सहजै जितिन्छ’, उहाँले भन्नुभयो ।

उत्पादनसँग जोडिएका मानिसहरूसँग राजनीतिक रूपमा जोडिनु पर्ने उहाँले बताउनुभयो । त्यसो भयो भने मात्र संगठन मजबुत हुने पोखरेलले प्रष्ट पार्नुभयो ।

एमाले सरकारमा हुँदा जनताको जीवनमा परिवर्तन ल्याउने अनेक काम गरेको पोखरेलले बताउनुभयो । तर एमाले सरकारको पालामा भएका कामको पार्टीको तर्फबाट अझै उचित प्रचार हुन नसकेको पोखरेलको टिप्पणी छ । सो काममा पार्टीका नेता कार्यकर्तालाई लाग्न उहाँले निर्देशन दिनुभयो ।

यमुनामाई गाउँ पालिकाको सुचना

कम्तीमा एमालेको शासनकालमा भएका कामको स्वामित्व पार्टीले लिनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘जति हामीले काम गरेका छौँ, त्यो विषयको जानकारी तपाईँ हामीसँगै रहेन छ’, उहाँले भन्नुभयो ।

आफूले गरेको कामको पनि चर्चा नगर्दा काम एउटाले गर्ने चुनाव अर्काले जित्ने अवस्था आउने पोखरेलले बताउनुभयो । गएको निर्वाचनमा नेकपा एमालेको सन्दर्भमा त्यही भएको उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमाले सरकारबाट हटेपछि विकासका धेरै काम रोकिएको उहाँले बताउनुभयो । ठेक्का प्रक्रियामा गएका विकास योजना समेत गठबन्धन सरकाले रोकेको उहाँको भनाइ छ ।

पोखरेलले आधारभूत तहका नागरिक जहाँ छन् विकासको केन्द्र पनि त्यही बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यहीँबाट त्यसले समाज निर्माणको लागि भूमिका खेल्ने उहाँले प्रष्ट पार्नुभयो ।

महासचिव पोखरेलले तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.