Take a fresh look at your lifestyle.
npa 9 suchana

गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा  ः शंंकर पोखरेल 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले  सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताउनुभएको छ ।

शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन  उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताउनुभयो । गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उहाँले बताउनुभयो । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उहाँले भन्नुभयो ।

देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताउनुभयो । ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उहाँले भन्नुभयो ।

सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उहाँले आलोचना गर्नुभयो । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताउनुभयो ।

गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उहाँले बताउनुभयो । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उहाँको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उहाँको भनाइ छ ।

सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उहाँले बताउनुभयो । एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाउनुभयो ।

यो सरकार माथि अब जबरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई रसातलमा पु¥याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उहाँले जोड दिनुभयो ।

यमुनामाई गाउँ पालिकाको सुचना

केपी ओली नेतृत्वको सरकारले हरेक मामिलामा अग्रगामी भूमिका निर्वाह गरेको उहाँले दाबी गर्नुभयो । विकास र समृद्धिको काम केपी ओलीको पालामा अग्रगामी हिसाबले अघि बढेको उहाँले बताउनुभयो । एमाले सरकारको पालमा कयौँ राष्ट्रिय गौरवका आयोजना अघि बढेका उहाँले सुनाउनुभयो । अन्तराष्ट्रिय फोरममा समेत नेपालको प्रधानमन्त्रीले के बोल्छ भनेर सुन्ने वातावरण एमालेको पालामा बनेको उहाँले प्रष्ट पार्नुभयो ।

 

नेकपा एमाले सरकारमा नहुँदा मुलुक कमजोर हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको उहाँले बताउनुभयो । मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि वर्तमान सरकार अभिशाप साबित भएको उहाँले टिप्पणी गर्नुभयो ।

एमालेले जनताका बिचमा जाने, जनताका गुनासा सुन्न र पार्टीलाई जनतासँग जोड्न एमालेले मिसन ग्रास रुट चलाएको उहाँले बताउनुभयो । जनताको बिचमा पुगेर समस्या बुझ्ने र तिनै समस्या समाधान गर्ने हिसाबले सो अभियान सञ्चालन गरेको र त्यहीबाट आएका सुझावलाई लिएर अहिले एमाले अघि बढेको उहाँले प्रष्ट पार्नुभयो ।

मिसन ग्रास रुटकै सुझावलाई लिएर एमालेले सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्राले जनतालाई अर्को आशा जगाउने काम गरेको उहाँले बताउनुभयो । व्यवस्था विरुद्ध भ्रम फिँजाउने, जातीय विभाजन ल्याउने, देशमा अस्थिरता ल्याउन खोज्ने र जनतालाई निराश बनाउन खोज्नलाई एमालेको सो यात्राले निराश बनाइदिएको उहाँले बताउनुभयो । यात्राको क्रममा नेपालमा केपी ओली जस्तो नेता कोही छैन भन्ने कुरा मात्र प्रमाणित गरेको नभई राष्ट्रलाई जोड्ने पार्टी एमाले मात्र हो भन्ने कुरा पनि पुष्टि गरेको पोखरेलले बताउनुभयो ।

यात्राको क्रममा नागरिकबाट प्राप्त सुझावलाई एकत्रित गरी एमालेले सरकारलाई बुझाएको उहाँले बताउनुभयो । तर यो सरकारले जनताका मागलाई सम्बोधन गर्छ भन्ने विश्वास एमालेलाई नभएको पोखरेलले प्रष्ट पार्नुभयो । त्यसैले जनताका माग सम्बोधन गर्न एमाले नै बहुमत सहित सरकारमा जान आवश्यक रहेको उहाँको भनाई छ ।

मध्यपहाडलाई नेपाको समृद्धिको आधारस्थम्भ तयार पार्न सकिन्छ भन्ने कुरामा एमाले विश्वस्त रहेको उहाँले बताउनुभयो । एमाले मुलुकको भाग्य र भविष्य निर्माण गर्ने पार्टी भएकोले मध्यपहाडका भविष्य एमालेले निर्माण गरेरै छाड्ने पोखरेलले दाबी गर्नुभयो ।

मुलुकले विकास समृद्धिको लागि जुन किसिमको समर्थ्य निर्माण हुनुपर्ने हो नेपालमा त्यो सामर्थ्य निर्माण नै हुन नसकेको उहाँले प्रष्ट पार्नुभयो । बहुदल प्राप्ति पछि कुनै पनि प्रधानमन्त्रीले पूर्ण समय काम गर्न नपाएको कारण विकास र समृद्धिको आधार नै बन्ने नसकेको उहाँको निष्कर्ष छ ।

राष्ट्र निर्माण र समृद्धिको कुरा नेकपा एमालेबाट मात्र सम्भव भएको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले समाजवादको बाटोमा अघि बढ्न चाहने सबैलाई एमालेमा आउन पोखरेलले आग्रह गर्नुभयो । एमालेलाई राष्ट्रिय शक्ति निर्माण गरेर मात्रै समृद्धिको काम गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.