

, रौतहट १४ माघ
रंगपुर साझेदारी वन व्यवस्थापन समुह चन्द्रपुरको निर्वाचन आज स्थगित भएको छ । समय अभाव तथा प्राविधिक समस्याको कारण आज स्थगित भएको निर्वाचन अधिकृतले जनाएको छ । हिजो साधारण सभा भई मनोनयन दर्ता भएको थियो । अध्यक्ष तथा दलित पदका उम्मेदवारमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले निर्वाचित घोषण गरी आज उपाध्यक्ष लगायत महिला ३ पद , खुल्ला सदस्य ७ र आदीजनजाती एक जना पदको लागी आज निर्वाचन तय भएको थियो ।