

दुर्गा भगवती गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन
,रौतहट, ९ फागुन ।
दुर्गा भगवती गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको विशेष पहलमा आज बुधवार देखि दुई दिन सम्म मुटु तथा नशा रोगबाट ग्रसित रहेका विरामीहरुको लागि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
मधेश प्रदेशमैं सफल मुटु सम्बन्धी इंटरवेशन सर्जरी गर्दै आईरहेका नेशनल मेडिकल कलेजका बरिष्ट मुटु रोग बिशेषज्ञ डा. जीतेंद्र कुमार मिश्रा, डा. अफरोज अन्सारी, तथा बरिष्ठ स्पाईन नशा रोग बिशेषज्ञ डा सरफरोज अंसारीको टिमद्वारा दुर्गा भगवती गाउँपलिकाका श्री सरस्वती माध्यमिक विद्यालयको प्रंगणमा बुधवार र विहिवार सम्म दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने बताएका छन ।
निशुल्क स्वास्थ्य शिविर संचालन सुरु भएपछि विरामीहरु शिविरमा जाँच गराउन लागेको दुर्गा भगवती गाउँ पालिकाका प्रशासकीय अधिकृत परमानन्द पाठकलले बताए । निःशुल्क स्वास्थ्य परिक्षणका साथसाथै मुटु तथा छातीमा समस्या भएका विरामीहरुलाई इसिजी, भिडियो एक्सरे इको, सुगर जाँच, ब्लड प्रेसर लगायतको जाँच गरिने तथा आवश्यक्ता अनुसारको औषधीहरु पनि निशुल्क उपलब्ध गराउने व्यवस्थापन गरिएको पालिका अध्यक्ष शम्भु सिंहले बताए । त्यस शिविरमा पालिकाबासी विरामीहरु उपचार गराएर लाभ लिन सक्ने अध्यक्ष सिंहले दावी गरेका छन
मुटुका विरामीहरुलाई उपचारको लागि विरगंज र काठमाण्डौ जस्तो ठाँउमा जानु पर्ने बाध्यता रहेकोमा आफनै गाउँमा मुटु तथा नशा सम्बन्धि विशेषज्ञ चिकित्सकहरुलाई बोलाएर निशुल्क सेवा दिइएकोमा पालिकाबासीहरु हर्षित भएका छन् ।
स्वास्थ्य शिविरको उद्धघाटन कार्यक्रममा दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यक्ष शिला देवी, नि.प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थय संयोजक दिनेश महतो, जिंसी शाखा प्रमुख राजेश दास, रौतहटका वरिष्ठ पत्रकार प्रभातकुमार झा, स्थानिय राजनितिक दलको प्रतिनिधी, सुरक्षाकर्मी, भद्रभलालमीहरुको उपस्थित रहेको सुरज मिश्राले जानकारी दिएका छन ।