Take a fresh look at your lifestyle.
npa 9 suchana

अधिकृत प्रधान र लेखापाल यादव द्धारा ९३ लाखको अवैध भुक्तानी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ५ साउन ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवको मिलोमतोमा ब्यापक अनियमित भुक्तानी भएको छ ।
फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवको मिलोमतोमा नगरपालिका अनियमितको अखडा बनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले कामै नभएको विभिन्न योजना र शीर्षकको रकम भुक्तान गरी नगरपालिकाको रकम व्यापक रूपमा अनियमितता गरेको आरोप लागेको छ ।
पालिकाको रकम हिनामिना गर्ने उद्देश्यले प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव दुबै जना कार्यालयमा नबसी कार्यालय भन्दा बाहिर गोप्य ठाउँमा बसेर खरिद नै नभएको विभिन्न सामान खरिद भएको भनी फर्जी बिल भर्पाईको आधारमा विभिन्न सप्लायर्स र ट्रेडर्सलाई ९३ लाखभन्दा बढी रकम अवैध भुक्तानी गरेको समाचारस्रोतले जनाएको छ ।
समग्र कन्ट्रक्सन एन्ड सप्लायर्सलाई यही असार ५ र ९ गतेमा १८ लाख ९७ हजार २३३ रुपैया भुक्तानी दिइएको छ । त्यस्तै होटेल एन प्लाजालाई ५ लाख ३६ हजार ६८३ रुपैयाँ, श्री स्टेसनरी गौरलाई ५ लाख ५१ हजार ७७ रुपैयाँ, शंकर प्रेस गौरलाई ९ लाख ५० हजार ५५० रुपैयाँ भुक्तानी दिइएको छ ।
पालिकामा कुनै सामान खरिद नै नभएको अवस्थामा सामान खरिद भएको भनी नक्कली बिल भर्पाईको आधारमा होटेल, सप्लायर्स र प्रेसवालासँग मोटो रकम कमिसन लिएर प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले भुक्तानी गरी व्यापक आर्थिक अनियमितता गरेको समाचारस्रोतको दाबी छ ।
पालिकाले भुक्तानी दिएका सबै सामानहरूको खोजबिन हुनुपर्ने र सामान खरिद भएको फेला नपरे कमिसनको भरमा भुक्तानी दिएका भ्रष्ट अधिकृत र लेखापाल यादवलाई कारबाही हुनुपर्ने माग स्थानीयहरूले गरेका छन् ।
कुनै पनि कार्यालयका कर्मचारीले सम्बन्धित कार्यालयमा नै बसेर चेक काटनुपर्ने नियम छ तर कार्यालयमा बसेर चेक काटदा कमिसन लिन सहज नहुने देखेपछि प्रम्ख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले कार्यालयमा नबसी कमिसनको भरमा चेक काटेको स्थानीयहरूको आरोप छ । अधिकृत प्रधान लेखापाल यादवले असार पहिलो हप्तादेखि नै कार्यालयमा वस्न छाडेका थिए । कार्यालयभन्दा बाहिर बसेर दुबै जनाले कामै नभएका योजनाको भुक्तानी दिएपछि यतिखेर फतुवा विजयपुर नगरपालिकामा खैलाबैला मच्चेको थियो । असार पहिलो हप्तादेखि सम्पर्कविहीन भएका प्रधान र यादव अझै कार्यालयमा आउन सकेका छैनन । दुबै जना चपुर र लालबन्दीमा बसेर धमाधम कमिसन लिएर यतिखेर चेक बाडिएको स्रोतको भनाइ छ । दुवै जना अझै कार्यालयमा नबस्दा सेवाग्राहीहरूको विभिन्न कामकाज प्रभावित बन्न पुगेको छ । यसैवीच अधिकृत प्रधान र लेखापाल यादवले कमिसन दिनेहरूको रकम भुक्तानी गरिसकेको तर हामीले कमिसन नदिदा हामीहरूको तलब भुक्तानीसमेत नगरेको शिक्षक तथा कर्मचारीहरूले आरोप लगाएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष एवं फतुवा विजयपुर नगरपालिकाअन्तर्गत माध्यमिक विद्यालय शीतलपुरका प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले बिहीवार नगरपालिकाको कार्यालय विजयपुरमा पत्रकार सम्मेलन गर्दै हाकिम प्रधान र लेखापाल यादवले शिक्षक र कर्मचारीहरूको तलब वापतको रकम भुक्तानी नगरेको भन्दै आक्रोश पोखेका थिए ।
फतुवा विजयपुर नगरभित्र सञ्चालित ३१ वटा सामुदायिक विद्यालयका २५० भन्दा बढी शिक्षक तथा सयौं कर्मचारीहरू असार मसान्तमा तलव पाउनबाट बञ्चित भएका छन् ।
पालिकाले आफूहरूले १२ महिनाभन्दा बढ़ी दिनको तलब भुक्तानी गर्न बाँकी राखेको प्रधानाध्यापक यादवले बताए ।
प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले जानी जानी आफूहरूको तलब निकासा नगरेको प्रअ यादवले भने ।
असार मसान्तभित्रमा भुक्तानी नपाउँदा नगरका सयौं शिक्षकहरूले सरकारबाट पाउने सञ्चय कोष वापतको लाखौं रकम फ्रिज भएकोसमेत उनले बताए । कमिसन नदिएकै कारण हाकिम प्रधान र लेखापाल यादव शिक्षक र कर्मचारीहरूको तलब निकासा नगरेको शिक्षकहरूको आरोप छ ।
त्यस्तै फतुवा विजयपुर नगरपालिकामा शिक्षामा चरम बेथिति रहेको पाइएको छ । १ महिनामा ५ जना शिक्षा संयोजक फेरिएका छन् भने बालविकासको कुल २४ वटा कोटा रहेकोमा ३९ जनालाई नियुक्ती दिएर अधिकृत प्रधानले गैरकानुनी तरिकाबाट रकम असुल गरेको थाहा हुन आएको छ ।
अधिकृत प्रधानले शिक्षासम्बन्धी ऐन, नियम र कानुन मिचेर शिक्षा क्षेत्रमा जथाभावी शिक्षक नियुक्त गरी पालिकाको रकम व्यापक दुरुपयोग गर्दै आएको छ । यस सम्बन्धमा बुझन प्रशासकीय अधिकृत प्रधानलाई फोन सम्पर्क गर्न खोज्दा उनको फोन बाट सम्पर्क हुन सकेन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.