Take a fresh look at your lifestyle.
npa 9 suchana

अश्लिील भोजपुरी गित माथि प्रतिबन्ध लगाउन ज्ञापन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट , जेष्ठ १९ /

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहटको गौर नगरपालकिामा सार्वजनिक स्थानहरुमा बज्ने गरेको अश्लिील भोजपुरी गित र चर्को स्वरको डि जे साउण्ड माथि प्रतिबन्ध लगाउनको लागि गौर नगरपालिका,जिल्ला प्रशासन कार्यालय रौतहट, र जिल्ला प्रहरी कार्यालय रौतहटलाई युवाहरुको समुहले शुक्रवार ज्ञापन पत्र बुझाएको हो ।

गौर नपाका ९ वटै वडाहरु अन्र्तगत विभिन्न सार्वजनिक स्थानहरुमा ठुलो स्वरमा ध्वनी प्रदुषण कै रुपमा बजीरहेको डि.जे.साउण्ड र मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले बज्ने गरेको छ । यस्ता समाजमा विकृति फैलाउने दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु ठाँउ ठाँउमा बजिरहेकोले यस नगरपालिकाका स्थानिय बासिन्दाहरु र खासगरि गृहणी महिला तथा विद्यालय जाने शिक्षिका विद्यार्थीहरु लगायतकालाई धेरै नै हिंसाबोध भएको देखिन्छ् ।
कुनै कुनै ठाँउमा बज्ने यस्ता अश्लिल भोजपुरी गितहरुको कारण केहि अप्रिय घटना समेत भएको स्मरण गराँउदै यस्ता किक्रियाकलापले समाजमा विकृतिलाई बढावा दिईरहेकोले त्यस्ता विकृति फैलाउनेहरु माथि कार्यबाहीको कदम चाल्दै दुईटा अर्थ लाग्ने अश्लिल भोजपुरी गितलाई र चर्को स्वरको डि.जे. साउण्डलाई यस नगर भित्र बजाउन प्रतिबन्ध लगाउनको लागि ध्यानाकर्षण गराउनको लागि रौतहटमा संचलानमा रहेको पहुँच परियोजना अन्तरगत गठन गरिएको युवा प्रहरी कार्यदलको संयोजक पत्रकार चञ्चल कुमार झाको नेतृत्वमा कार्यदलको सदस्य र पत्रकार सहितको युवाहरुको समुह त्यस्ता गित र साउण्डमा माथि प्रतिबन्ध लगाउनको लागि ज्ञापन पत्र बुझाएको हो ।
साथै गौर नपामा संचालनमा रहेको विभिन्न एफ एम रेडियोहरु बाट बज्ने अश्लिल भोजपुरी गित हाम्रो समाजको लागि अनुकुल न रहेकोले त्यस्ता विकृती फैलाउनेहरु माथि कार्यवाहीको लागि ध्यानाकर्षण गराउँदैँ गौर नगरपालिकाका मेयर अजय गुप्ता, जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र के.सीलाई कार्यालयमै पुगी ज्ञापन पत्र बुझाइएको पत्रकार झाले बताए । ज्ञापन पत्र बुझ्दै वहाँहरुले समाजको हकहितको लागि धेरै नै सराहनिय कदम रहेको भन्दै धन्यवाद दिदै आफुहरु पनि यस सम्बन्धमा कदम चाल्ने बताउनु भयो । अगामी दिनमा यस सम्बन्धी ठोस निर्णय हुन्छ भने विश्वास लिएको पत्रकार झाले बताए । कार्यदलका सदस्य विना पटेल,ओम प्रकाश साह,कृष्णा यादब,अर्चना यादब, पुजा झा,अभिनाश श्रीवास्तव,ललन यादब,पत्रकार अमित ठाकुर,अजित कर्ण,रौतहट एफ एमका पहुँच परियोजनको कार्यक्रम संयोजक अनिल कुमार ठाकुर,रौतहट एफ एमका गौतम झा,अफरोज आलम,माण्डवीका मनोज यादब,अंशु केशरी,गौतम झा,अर्जुन श्रेष्ठ लगायतले ज्ञापन पत्र बुझाएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.