


१९ जेठ, दिल्ली । नेपाल वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र परेका छन् । निगमको फ्लाइट आरए-२१८ शुक्रबार साँझ बिग्रिँदा यात्रुले सास्ती पाएका हुन् ।
निगमको विमान शुक्रबार साँझ ७ः४० मा उड्ने सेड्युल थियो । तर निर्धारित समयमै पुगेका यात्रुहरुलाई विमानको पांग्रामा खराबी आएको भन्दै २ घण्टा विमानभित्र राखेर उडान स्थगन गरिएकाे थियाे ।
शुक्रबार राति होटलमा राखिएका यात्रुहरु शनिबार बिहान विमान उड्ने आशमा थिए । तर अहिलेसम्म फ्लाइट नहुँदा आक्रोसित बनेका छन् ।
शनिबार बिहान काठमाडौंबाट दिल्ली आएका इन्जिनियरले विमान मर्मत गरिरहेकाे बताइए पनि विमान नउडेकाे एक यात्रुले गुनासाे गरे ।