Take a fresh look at your lifestyle.
npa 9 suchana

सडकका फोहोर टिप्दै मन्त्री

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना


२२ जेठ, हेटाैंडा । अक्सर मन्त्री, सांसद् तथा सरकारी अधिकारीहरुको उपस्थिति हुनेबित्तिकै धेरैले कुनै सभा, समारोह या र्याली कार्यक्रम हुन लागेको लख काट्छन् । मकवानपुरको चुरिमाइमा मंगलबार यसैगरी प्रदेश ३ का वन, उद्योग तथा वातावरण मन्त्री अरुण नेपाल, उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति बेलीमाया थापा, प्रदेशका सांसद्, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतको समूह भेला हुँदा देख्नेहरूले यस्तै अनुमान गरे ।

तर मन्त्री, सांसद्, प्रजिअसहितको यो समूहले कुनै अनुगमन, र्याली या भाषण गरेन, बरु सडकका प्लास्टिक, बोतललगायतका फोहोर सोहोर्दै अघि बढ्यो ।

प्रदेश ३ का वन, उद्योग तथा वातावरण मन्त्री नेतृत्वको टोलीले ४६ औं वातावरण दिवसको अवसर पारेर प्रदेश राजमार्ग क्षेत्रको सफाइ अभियान मंगलबारदेखि शुरू गरेकाे हाे । राजमार्ग क्षेत्र स्वच्छ राख्ने उद्देश्यस्वरुप शुरु अभियानको पहिलो दिन मन्त्रीसहितको टोलीले मकवानपुरको चुरियामाईमा सरसफाइ गरेको छ ।

वन, उद्योग तथा वातावरण मन्त्रालयका अनुसार, चुरिमाइबाट थालिएको सफाइ चितवनको नारायणी पुलसम्म गर्ने याेजना  छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.