Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रधानमन्त्री ओली असार ५ मा चीन जाने

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

काठमाडाैं ,जेठ ३० ।   प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो चीन भ्रमणमा जाने भएको छन्। चिनियाँ विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म चीन भ्रमण गर्ने जनाएको हो। नेपालको परराष्ट्र मन्त्रलायले पनि भ्रमणको पुष्टि गरेको छ।

बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ स्वाङले चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली भ्रमणमा आउन लागेको सार्वजनिक गरेका हुन्।

यमुनामाई गाउँ पालिकाको सुचना

प्रधानमन्त्री ओलीको भ्रमणका दौरान काठमाडौँ-रसुवागढी-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका विषयमा छलफल हुनेछ। त्यस्तै नेपाल चीन पारवाहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछन्।

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहित संघीय संसदका सांसदहरु र उच्च सरकारी अधिकारीहरु सम्मिलित हुने नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

उनी असार १० गते नेपाल फर्कने कार्यक्रम छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.