Take a fresh look at your lifestyle.
npa 9 suchana

४ करोड बढि लिएर गोयन्का वेपत्ता

gadhimai nagar palika ko suchana
suchana gadhimai

बीरगञ्ज ,असार १०  ।   बीरगञ्जबाट  व्यवसायी    र    बैंकको    ऋण    लिएर     मुकेश     तेली     फरार     भएको   घटना   सार्वजनिक   भए   लगतै   जनकपुरधामबाट   अमित   गोयन्कापनि  ४  करोड  बढि  रुपैया  लिएर वेपत्ता भएको बताईएको छ ।कस्मेटिक            लगायत            किराना     समानहरुको     थोक     कारोबारगर्दै  आएका  गोयन्काको  पसल   तीन   दिनदेखि   खुलेको   छैन् ।पसल र उनी बस्ने भाडाको घरमा      ताला      झुण्डिएको      छ   ।मोबाईलको   स्विच   अफ   छ । परिवार, साथीभाईहरु उनको बारेमा बेखबर छन् । स्रोतहरुका    अनुसार    उनी    स्थानीय व्यवसायीहरुसित सयकडा ३, ४ र ५ रुपैया सम्म ब्याजमा ऋण लिएका  थिए  ।पसलको  आम्दानी  राम्रो  रहेकाले  व्यवसायीहरुले  चर्को  ब्याज पाउने लोभमा उनलाई रकम दिने गरेका थिए ।अमित    गोयन्का    यहाँका    पुराना     मारवाडी     परिवारका     सदस्य  हुन्  ।  उनले  बजारमा  थुप्रै  व्यवसायीहरुसित   रकम   ऋणमा   लिएको बताईन्छ । यकिन नभएपनि ४ करोड भन्दा बढि नै रकम लिएर उनी वेपत्ता भएको बताईन्छ ।उनले कारोबार गर्ने केहि सुपर डिलरहरुलाई बैँकमा रकम जम्मा गरेको   नक्कली   भाउचर   भरेर   मेल  गरेको  वैशाखमा  खुलासा  भएको  थियो  ।  ती  व्यवसायीले  गोयन्कासित  कारोबार  गर्ने  खुद्रा  व्यापारीहरुबाट  आफ्नो  रकमको  सोधभर्ना गराएका थिए ।स्रोतहरुका  अनुसार  नक्कली  भाउचरबाट     नियमित     रुपमा     रकम  जम्मा  गरेको  देखाइएपनि  बैंक    खातामा    रकम    फेला    नपरेपछि  गोयन्कालाई  समातिएको  थियो  ।करिब  ५०  लाख  रुपैया  विभिन्न ब्यवसायीहरु मार्फत उनले भराएपनि अझै केहि बाँकी रहेको अनुमान गरिएको छ ।स्रोतहरुका           अनुसार           बीरगञ्जमा रहेका घडेरी उनले गत हप्ता  बिक्री  गरेका  हुन्  ।बजारमा  ५  देखि  २०  लाख  बढि  सम्म  व्यवसायीहरुले   उनलाई   मोटो   रकम   ब्याजको   लोभमा   ऋण   दिएका थिए । प्रारम्भमा केहि दिन ब्याज  दिने  र  त्यसपछि  एकमुष्ट  दिने  भन्दै  रकम  रोकेको  एकजना  पीडित व्यवसायीले बताए ।धनुषाका    प्रहरी    उपरीक्षक    गोविन्द थपलियाले यस सम्बन्धमा अनभिज्ञता प्रकट गरे ।‘ रकम लिएर भागेको  उजुरी  आएको  छैन्’  उनले  भने,   उजुरी   आएपछि   घटनाको   अनुसन्धान गरिनेछ ।’स्व.काशी    गोयन्काका    पुत्र    अमितकी   आमा   शशि   गोयन्का   जनकपुर  मारवाडी  महिला  मञ्चकी  अध्यक्ष रहिसकेकि छन् ।अमितका भाई सुमित लण्डनमा बस्दै आएका छन् ।एक वर्ष भित्र व्यवसायीहरुसित रकम    लिएर    फरार    हुनेहरुमा    रेष्टुरेन्ट चलाउने गौरव अग्रवाल र चुडा,लहठीको कारोबार गर्ने श्याम गर्ग  फरार  भएका  छन्  ।गौरवले  करिब २ करोड र श्यामले करोडो हाराहारीमा व्यवसायीहरुबाट रकम लिएर फरार भएको बताईन्छ ।ब्यापारीहरुलाई         मोटो         रकम  ब्याज  दिने  प्रलोभन  दिएर  रकम     संकलनगरी     भागेको     देखिन्छ  ।रुपैया  लिएर  भागेपनि  प्रहरीमा भने व्यवसायीहरुले उजुरी गरेको  पाईदैन्  ।चर्को  ब्याजको  कारोबार       र       तमसुकहरु       समेत नबनाउने कारणले प्रमाणको अभाव  र  ब्याज  कारोबार  गर्नेमा  फस्ने  डरले  पीडितहरु  प्रहरीमा  जान चाहँदैनन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.