Take a fresh look at your lifestyle.
npa 9 suchana

इंग्ल्याण्डलाई पानामाका खेलाडीको ‘थ्रो-इन्स’ डर

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडाैँ , असार १० ।  विश्वकप फुटबलमा पानामाले आज इंग्ल्याण्डको सामना गर्दैछ। पहिलो खेलमा बेल्जियमसँग ३-० गोलअन्तरले पराजित भएको पानामा आज इंग्ल्याण्डलाई पराजित गर्नै पर्ने दबाबमा छ।

आजको खेलमा पराजित भए पानामा विश्वकपबाट बाहिरिनेछ।

समूह जीबाट इंग्ल्याण्ड र बेल्जियम एक खेल बाँकी रहँदै नकआउट चरण प्रवेश गर्नेछन्। विश्वकपमा यसपटकको सबैभन्दा कमजोर टिमको रूपमा पानामा देखिएको छ। सन् २००६ मा विश्वकपमा सहभागी भएको युक्रेन स्पेनसँग ४ – ० ले पराजित भएको थियो।

त्यसयता विश्वकपको पहिलो सहभागितामा सबैभन्दा धेरै गोल खाने राष्ट्र पानामा बनेको छ। इंग्ल्याण्डको खेल कौशल र स्टार खेलाडीहरुलाई रोक्नु पानामालाई चुनौतीपूर्ण छ। पहिलो खेलमा २ पटक मात्र गोलपोस्टमा प्रहार गरेको पानामाले त्योभन्दा धेरै पहेँलो कार्ड पाएको थियो।

पानामाका पाँच खेलाडीलाई रेफ्रीले कार्ड दिएका थिए। युरोपियन मुलुकसँग पानामाले अहिलेसम्म १० पटक प्रतिष्पर्धा गरेको छ। यी सबै खेलमा उसले हार बेहोरेको छ।

अर्कोतर्फ इंग्ल्याण्ड यसपटक युवा र प्रतिभाशाली खेलाडीले भरिएको छ। इंग्ल्याण्डका कप्तान हेरी केनले पहिलो खेलमा ट्युनिसियाविरूद्ध २ गोल गरिसकेका छन्। तर ट्युनिसाविरुद्ध इङ्गल्याण्डले जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो। केन विश्वकपमा यसपटक इंग्ल्याण्डका गोल ‘मेसिन’ हुन्। टोटनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेल्ने केनले सो क्लबका लागि गएका चार सिजनमा १३५ गोल गरिसकेका छन्।

यमुनामाई गाउँ पालिकाको सुचना

इंग्ल्याण्डका यसपालिको यूवा टोलीमा केनसँगै मेन्चेष्टर सिटीलाई यस सिजनको लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका रहिम स्टर्लिङ र मेन्चेष्टर युनाइटेडका मार्कस रासफोर्ड र जेसी लिनगार्ड जस्ता तीव्र गतिका खेलाडी छन्।

यद्यपी आज प्लेइङ ११ मा इंग्ल्याण्डका प्रशिक्षक गेरेथ साउथगेटले स्टार्लिङको ठाउँमा रासफोर्डलाई खेलाउने सम्भावना छ। घुँडाको चोटका कारण रसियामा भएको पहिलो ट्रेनिङ सत्र छुटाएका रासफोर्ड फिट भैसकेका छन्। तर ट्युनिसियासँगको खेलमा तिघ्रामा लागेको चोटका कारण टोटनह्यामका डेली अलीले आज खेल्ने छैनन्।

इंग्ल्याण्डको डिफेन्समा मेन्चेष्टर सिटीका काइल वाकर र जोन स्टोन्सबीच राम्रो तालमेल हुनेछ।

पानामाको खेल शैलीलाई लिएर बेल्जियमले उजुरी गरेको छ। पानामाका कप्तान रोमन टोरेसले जवाफमा ‘फुटबल यस्तै हो’ भनेर उत्तर दिएका छन्। पानामाका डिफेन्डर हारोल्ड कमिङ्सले इंग्ल्याण्डलाई रोक्न हरसम्भव प्रयास गर्ने बताएका छन्।

इंग्ल्याण्डका लागि पानामाका डिफेन्डर अडोल्फो म्याचाडो थ्रेटका रूपमा रहेका छन्। उनी बल ‘थ्रो-इन्स’ का लागि माहिर मानिन्छन्। कर्नर प्रहार गरेजत्तिकै लामो ‘थ्रो-इन्स’ गर्ने क्षमता उनको छ। पानामाले उनको ‘थ्रो-इन्स’मा गोल गर्दै आएको छ। पानामाको टोली अनुभवी, संगठित र सुगठित छ।

इंग्ल्याण्ड पछिल्ला ११ अन्तराष्ट्रिय खेलमा अपराजित छ। उसले ८ खेलमा जीत हात पारेको छ भने ३ खेल बराबरी गरेको छ। इंग्ल्याण्डका लागि पानामासँगको खेल आफ्नो गोल गर्ने क्षमता प्रदर्शनको मौका हो।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.