

रौतहट ३ भदौ ।
पुुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भ्रष्टचारी कारबाईको दायरामा ल्याउने बताएका छन । गौर राईस मिलको सभाकक्षमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।
सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार र २ नम्बर प्रदेशमा राजपाको सरकार भएको बताउदै उनले सब भन्दा बढी भ्रष्टचार २ नम्बर प्रदेशमा भईरहेको बताए ।
प्रत्येक स्थानिय तहमा विकास निर्माणको लागी सरकारले १९ देखि ३५ करोड सम्मको बजेट बिनियोजन गरेको अवस्थामा २ नम्बर प्रदेशका केही जिल्लामा मात्र २ देखि४ करोड खर्चेर बाँकी रकम जन प्रतिनिधिले कुुम्लाएको नेता नेपालले आरोप लगाएका हुन ।
प्रदेशको अवस्था बारे आफुले राजपाका उपेन्द्र यादवलाई यसै मञ्च बाट सचेत गराउन चाहन्छुु भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता नेपालले बेलामै सचेत भएका २ नम्बर प्रदेश बिकासमय हुन्छ नत्र राजपा हिलोमा खस्ने अवस्था आउने छ भने ।
देशलाई समृद्ध बनाएर विकासको लहर ल्याउने पार्टी एकमात्र नेकपा रहेको जिकिर गर्र्दै उनले स्थानिय तहको निर्वाचनमा नेकपालाई मत न दिने मतदाताहरु अहिले पछुतोमा रहेको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि पुुर्व मन्त्री एवं संघिय सांसद प्रभुु साहले देशमा विकासको बिगुलको सुुभारम्भ तराई बाटै हुने बताए ।
समृद्ध नेपाल र सुुखी नेपालीको परिकल्पना अनुसार नेकपाको सरकारले विकासको लहर प्रदेश २ बाटै सुुरुगर्नेमा प्रतिवद्धता जनाएका थिए ।

मधेश र मधेशीको हक हितमा लाग्ने एकमात्र दल नेकपा भएको र २ नम्बर प्रदेशमा प्रतिकृयाबादीको पकड रहेको गुनासो पोखेका हुन ।
जिल्लाको समग्र विकास बारे चर्चा गर्दै उनले रौतहटको विकासको निमित सरकारले बिषेश योजना ल्याउने तयारीमा रहेको जानकारी गराएका थिए ।
राजपाका केन्द्रिय सदस्य सहित सैयौ कार्यकर्ता परित्याग गरी नेकपामा प्रवेश
प्रस ,रौतहट ३ भदौ ।
राष्ट्यि जनता पार्टीका केन्द्रिय सदस्य राजकिशोर महतो सहित सैयौ कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन ।
मधेशवादी दलको नाउँमा मात्र मधेशीलाई ठगी गर्न बाहेक केही गर्न नसक्ने बताउदै महतोको अलावा जिल्लाका १८ वटै स्थानिय तहबाट आएका कार्यकर्ताहरु बिभिन्न दल परित्यागर गरेर नेकपामा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुलाई पुुुर्व प्रधानमन्त्री नेपाल र पुुर्वमन्त्री साहले माला र टिका लगाई स्वागत गरेका छन ।
पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा सर्वसाधारण कार्यकर्ता देखि स्थानिय तहका जन प्रतिनिधि समेत रहेका छन ।
उक्त अवसरमा पुुर्वमन्त्री डा बंशीधर मिश्र,सांसदहरु राम कुमार भटराई,कल्याणी खडका,समिना हसैन,रेखा झा,प्रदेश सांसद नागेन्द्र यादव कुन्दन कुुश्वाहा लगायतका नेताहरुको सहभागिाता रहेका थिए ।