Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ३ मसिर ।
माउण्ट एभरेष्ट एजुकेशन फाउण्डेसन प्रालि चन्द्रनिगाहपुरका प्रवन्धक र लेखापाल माथि तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु गरेको छ । आर्थिक वर्ष २०६७।०६८ देखि २०७४।०७५ सम्ममा उतm रकम वेरुजु भएको शेयरधनीहरुले आरोप लगाएका छन । शेयर धनी माधव लाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो वेरुजु रकम प्रालिको खातामा जम्मा गर्न निर्णय गरेको छ । लेखा समितिका सयोजक प्रेमशंकर मिश्रको प्रतिवेदनमा विद्यालयका संचालक समितिका अध्यक्ष तथा प्रवन्धक उमेश प्रसाद बासकोटा र लेखापाल अनन्त कुमार अधिकारीको नाममा तीन करोड १२ लाख २८ हजार ३ सय ८२ रुपैयाको वेरुजु गरेको छ । विद्यालयका संचालक समितिका अध्यक्ष तथा प्रवन्धक बासकोटालाई साधारण सभा बोलाउन वारम्वार लिखित तथा मौखिक ताकेता गर्दा पनि साधारण सभा बोलाउन तयार नरहेको बताइएको छ । २०७४ साल चैत्र १० गतेमा शेयर धनीहरुले बैठक बसी २०७५असोज १४ गते भित्रमा साधारण सभा बोलाउन निर्णय गरेको थियो । प्रालिको नाउँमा जग्गा खरिद गर्नु पर्नेमा प्रवन्धक वासकोटाले चन्द्रपुर गाविस ५ किन.२०७५ को क्षेत्रफल सात कठा चार धुर आफनो व्यतिmगत नाममा गराएकोले उतm जग्गा प्रालिको नाममा रजिष्टेशन गर्न निर्णय गरेको छ । यस सम्बन्धमा प्रवन्धक तथा लेखापाल सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.