Take a fresh look at your lifestyle.
npa 9 suchana

पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद आलमको बयान शूरु

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १९ कार्तिक ।
पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमले आज मगलवार पहिलो दिन जिल्ला अदालत रौतहटमा बयान दिएका छन । सोमवार जिल्ला सरकारी वकिल कार्यालय गौरले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोलीले अनुसन्धान गरी प्रतिवेदन दिएको आधारमा तिन वटा अभियोग पत्र दर्ता गरे पछि आज आलमले बयान दिएका हुन । बम विष्फोट घटनामा घाइते भएकाहरुलाई इट्टा भट्टा जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका नेपाली काग्रेसका साँसद आलमको बयान रोकिएको थियो ।मिसिलको नक्कल नपाएको भन्दै आलमका कानुन व्यवसायीले पहिला मिसिलको फोटो कापी आफुहरुलाई उपलब्ध गराउन माग गर्दै आलमको बयान रोकिएको थियो । अधिवतmा युवराज संग्रौला समेत १२ जना अधिवतmाहरुलाई आफनो पक्षमा बहस पैरवी गर्न आलमले कानुन व्यवसायी नियुतm गरेका छन भने वादीको पक्षबाट जिल्ला सरकारी वकिल कार्यालय गौरका सहन्यायधिवतmा राम प्रसाद पन्थी , महान्यायधिवतmाको कार्यालय काठमाण्डौका सूर्य राज दहाल ,अर्जुन प्रसाद कोइराला , सरकारी वकिल कार्यालय पर्साका न्यायधिवतmा रुद्र पन्थी वहस पैरवी गर्नै छन ।
पुर्व मन्त्री मोहम्मद अफताब आलम लगायत ११ जना माथि तीन वटा मुद्धा रौतहट जिल्ला अदालत रौतहटमा  सोमवार दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रारम्भीक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय गौरमा दिएको प्रतिवेदन अनुसार तीन वटा मुद्धा दर्ता भएको हो ।ज्यान मार्ने उधोग , कर्तव्य ज्यान तथा विष्फोटक पदार्थ सम्बन्धी अभियोग पत्र दर्ता भएको हो । आधार कारण तथा सबुत प्रमाणहरुबाट २०६४ चैत्र २७गते साझ ६ः३० बजेको समयमा बम विष्फोटबाट घाइते भएका पिन्टु भन्ने त्रिलोक प्रतापसिह र ओसी अख्तर मियाँ समेत दर्जन भन्दा बढी मानिसहरुलाई इट्टाभट्टाको चिम्नीमा जिउदै जलाई कूरु र मानवता विरुद्धको कसुर अपराध गर्ने विरुद्ध खण्डका प्रतिवादीहरु मो. अफताव आलम , मो. महताव आलम ,शेख भदई ,मो.मोबित आलम ,शेख शेराज ,बद्री सहनी ,शेख फलजेहक ,सगिर आलम ,शेख जुमइन ,भन्ने शेख मलकर ,गौरी शकर साह तथा नाम थर वतन खुल्न नसकेका अन्य व्यतिmहरु समेत भई कानुन विपरित विष्फोटक पदार्थ लगायतका चिज वस्तुहरु पैठारी गरी ल्याई भण्डारण प्रयोग गरेको तर्फ निज प्रतिवादीहरु माथि विष्फोटक पदार्थ ऐन २०१८ को दफा ४ को कसुर अपराधमा सोही ऐनको दफा १०( क ) बमोजिम सजाय गरी पाउन घाइते सफी अहमद र गौरी शंकर राम चमारलाई ज्यान मार्ने उधोगको कसुर अपराध गरेको तर्फ साबिक मुलकी ऐन २०२० को ज्यान सम्बन्धीको महलको १ र १५ न. को कसुर अपराधलाई हालको प्रचलित मुलकी अपराध संहिता २०७४ को दफा १८३(१) समेतले कसुर अपराध कायम गरेको हुदाँ निज प्रतिवादीहरुलाई मुलकी ऐन ज्यान सम्बन्धीको महलको १५ नं. तथा सो संहिताको दफा १८३(२) बमोजिम तथा घाइतेहरुलाई जिउदै जलाई कर्तव्य गरी मारी लाशहरु नष्ट गरे तर्फ साविक मुलकी ऐन २०२० को ज्यान सम्बन्धीको महलको १ र १३ (१) नं. को कसुर अपराधलाई हालको प्रचलित मुलकी अपराध संहिता २०७४ को दफा १७७(१) ले समेत कसुर अपराध कायम गरेको हुदाँ मुलकी ऐन ज्यान सम्बन्धी १३ (१) नं. तथा हालको सहिता दफा १७७(२) बमोजिम सजाय समेत गरी पाउन तथा प्रतिवादीमुतिm साहले कसुर अपराध घटेको चालपाई जाहेर नगरी कसुर दबाउन खोजेको देखिदा मुतिm साहलाई मुलकी ऐन ज्यान सम्बन्धी महलको २५ नं. बमोजिम तथा मुलकी अपराध सहिता २०७४ को ३६(३) (ख) बमोजिमको कसुर अपराधमा मुलकी ऐन सम्बन्धी महलको २५ नं. तथा अपराध सहिताको दफा ३६(३) (ख) बमोजिम समेत एउटै वरदात एवं भन्दा बढी कसुर अपराध भएको हुदाँ छुटा छुटै कसुर अपराध कायम गरी सजाय समेत गरी पिडित घाइते तथा मृतकका हकवालालाई प्रतिवादीहरुबाट उचित मनासिव क्षतिपुर्ति दिलाई भराई पाउन समेत माग दाबीलिई पक्राउ प्रतिवादी मोहममद आफताव आलमलाई यसै अभियोग पत्र साथ रौतहट जिल्ला अदालतमा पेश गरेको जिल्ला सरकारी वकिल कार्यालय गौरले जनाएको छ । मो. महताव आलम ,शेख भदई ,मो.मोबितआलम ,शेख शेराज ,बद्री सहनी ,शेख फलजेहक ,सगिर आलम ,शेख जुमइन ,भन्ने शेख मलकर ,गौरी शकर साहर मुतिm साहको हकमा कानुन बमोजिम पक्राउ पुर्जी म्याद जारी गरी कारवाही गरी पाउन र उतm कसुर अपराधमा संलग्न अन्यनाम थर वतन खुल्न नसकेका मुख्य अभियुतm तथा मतियार व्यतिmहरुको हकमा पछि अनुसन्धान अभियोजन गर्न सक्ने कानुनी व्यवस्था भएको हुदाँ पछि नाम थर र वतन खुली आएका बखत थप अनुसन्धान गरी कानुन बमोजिम कारवाही गरिने व्यहोरा दर्ता भएको अभियोग पत्रमा उल्लेख गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.