Take a fresh look at your lifestyle.
npa 9 suchana

लागू औषध चरेश सहित मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २२ कार्तिक ।
गौर नगरपालिका वडा नं. ६ सवगढा नजिक गौर चन्द्रनिगाहपुर सडक खण्डमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको अपराध अनुसन्धान प्रहरी टोलीले चेकजाँचको माध्यमबाट आवत जावत गरि रहेका शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा लागू औषध चरेस फेला परेकोले मानिस सहित चरेस पक्राउ गरिएको जिप्रका रौतहटले जनाएको छ । अन्दाजी रातको २१ः३० बजेको समयमा झन्खुनवा तर्फबाट गौर तर्फ पैदल शंकाष्पद रुपमा हिडी आउदैं गरेको राजपुर नगरपालिका वडा नं.७ बस्ने लालबाबु भन्ने शेख एकवाल अहम्दलाई रोकी निजको शरीर खानतलासी गर्दा शरिरमा लगाएको कालो रंगको ज्याकेटको खल्तीमा सेतो प्लाष्टिक भित्र लागु औषध चरेश २१० ग्राम पहेलो टेपले टाँसी लुकाई छिपाई गरी राखेकोमा फेला पारीएको जनाएको छ । उक्त लागू औषध चरेश रित पूर्वक बरामद गरी निजलाई पक्राउ गरी लागू औषध चरेश मुद्धामा सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ । बुधवार पक्राउ गरीएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.