Take a fresh look at your lifestyle.
npa 9 suchana

विरुवाले सौन्दर्य तथा वातावरण स्वच्छ हुने – अध्यक्ष झा

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २४ असार ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यवन्यन इकाई जनकपुरधाम धनुषाको सहयोगमा राष्ट्रिय वृक्षा रोपण अभियान देवाही गोनाही नगरपालिकाका वडा न ६ मा शुरु भएको छ । देवाही गोनाही नगरपालिकाका वडा न ६ मा ७ सय विभिन्न किसिमका वोट विरुवा सडकका छेउमा रोप्ने कार्य भएको वडा अध्यक्ष अनिल कुमार झाले बताएका छन । नगरपालिकाका वडा न ६ का विभिन्न सडकका छेउमा विभिन्न जातजातीका विरुवा रोप्ने कार्य भई रहेको अध्यक्ष झाले बताएका छन । विभिन्न जातजातीका विरुवाले वडाका सौन्दर्य तथा वातावरण स्वच्छ हुने उनले बताएका हुन । विरुवाले सौन्दर्य तथा वातावरण स्वच्छ मात्र नभई वडाका विकास कार्यमा टेवा पुग्ने अध्यक्ष झाको भनाई रहेको छ । १० वर्ष देखि १५ वर्षमा करोडौको सम्पति विरुवाले आम्दानी हुने लक्ष्य रहेको अध्यक्ष झाले पत्रकारले सोधिएको प्रश्नमा उनले बताए । यसै गरी देवाही गोनाही नगरपालिकाका वडा न ४ पनि ७ सय विभिन्न जातजातीका विरुवा रोप्ने कार्य भइ रहेको बताएका छन । सडकका छेउमा विरुवा रोप्ने कार्यले वडाका सौन्दर्य झल्कीने बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.