Take a fresh look at your lifestyle.
npa 9 suchana

लाल वकैया नदीको तटबन्ध भत्कदै जादाँ स्थानीयवासी त्रसित हुदै

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ असार ।
बौधीमाई नगरपालिका ४ इनरवारी हुदै बगेको लाल वकैया नदीको तटबन्ध भत्कदै जादाँ स्थानीयवासी त्रसित हुदै गएको छ । अस्ति आएको बाढीले तटबन्धको अधिकाँस भाग भत्केकोले स्थानीयवासी त्रसित भएको स्थानीय वासी तथा पुर्व जिल्ला विकास समितिका इन्जिनियर अमर यादवले बताएका छन । तटबन्ध भत्केको खण्डमा इनवारी ,तेजापाकड ,लौकाहा वजार , भेडियाही , राजपुर र औरैया सम्मको घर परिवार प्रभावित हुने उनले बताए । सुखा मौसममा तटबन्ध मर्मत कार्य नभएकोले भत्केको स्थानीयवासीले बताएका छन । तटबन्ध भत्कन लागेको वेलामा नदी नियन्त्रण कार्यलयले बोरामा वालुवा भरी तटबन्ध रोकथाम गर्ने गरेकोले प्रत्येक वर्ष बाढी कै समस्याबाट ग्रस्ति हुने गरेको उनीहरुको भनाई रहेको छ । समयमा तटबन्ध मर्मत नगर्नू सम्बन्धित निकायको लापरवाही रहेको इनवारी वासकिो गुनासो रहेका छन । यसै गरी चन्द्रपुर नगरपालिका वडा न ५ का स्थानीय वासी वर्षाको पानीले आवतजावत गर्न कठिनाई भइ रहेको छ । पानीको निकास नभएकोले सो वडाका ३५ घर परिवारलाई कठिनाई हुदै आएको हो । चन्द्रपुर नगरपालिकामा सो वडाका वासीहरुले गुनासो गर्दा समेत वास्ता नगरेको संचारकर्मी तथा सोही वडा वासी दिनेश साहले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.