Take a fresh look at your lifestyle.
npa 9 suchana

श्रोत नखुलेको नगद सहित २ जना पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३ भदौ ।
गौर नगरपालिका वडा नं. ३ महादेवपट्टी दशगँजा क्षेत्रमा घाँस काट्न भनि आएकी भारत महिलाबाट छ लाख ४० हजार रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आज बुधवार अन्दाजी .११स्४५ बजेको समयमा विशेष सूचनाको आधारमा जिप्रकाको मातहतमा रहेको अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्र.स.नि.मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ३ महादेवपट्टी दशगँजा क्षेत्रमा घाँस काट्न भनि आएकी भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पंचायत वडा न. १ सिन्दुरीया वस्ने वर्ष ४५ की शान्ति देवी र सोही निवासी वर्ष ४५ की मिना देवीहरुलाई शंका लागि रोकी निजहरुको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको नेपाली नगद रु.छ लाख चालिस हजार फेला परेको जनाएको छ । निजहरुलाई नियन्त्रणमा लिई पैसा बरामद गरीएको छ । जिप्रकाबाट निजहरु उपर थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरिक्षक रविराज खडकाले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.