Take a fresh look at your lifestyle.
npa 9 suchana

भाद्र मसान्त सम्मका लागी निषेधज्ञा थप

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २२ भाद्र ।
निषेधज्ञा भाद्र मसान्त सम्मको लागी रौतहटमा थपिएको छ । जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका छन ।
बिहान १० देखि ०४ बजेसम्म खाद्यान्न पसल तथा निर्माण सामग्री पसल र सोही समयमा बैंक तथा वित्तिय संस्थाहरु पनि खोल्न पाउने निर्णय भएको छ । रौतहटमा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा देखिएपछि जिल्लामा निषेधाज्ञाको समय थपिँदै आएको छ । हास सम्ममा २० हजार ७ सय २३ जनाको स्वाव संकलन भएकोमा १ हजार ६ सय ६४ जनाको पोजेटिभ तथा १७ हजार ६ सय ५५ जनाको निगेटिभ भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । ३२ जना महिला तथा ९२ जना पुरुष गरी१ सय २४ जना आइसोलेसनमा रहेका छन । ८ जना महिला र ९ जना पुरुष गरी १७ जना क्वारेन्टाइनमा रहेको जिप्रका रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.