Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर नगरपालिकाको खर्च सार्वजनिक

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २८ भदौ ।
मौलापुर नगरपालिका कोभिड व्यवस्थापन खर्च सार्वजनिक गरेको छ । विभिन्न नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा अस्वाभाविक खर्च सार्वजनिक गरिरहेको समयमा मौलापुर नगरपालिकाले एक करोड रुपैयाँभन्दा केही बढी मात्र खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षमा कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रण कार्यका लागि विभिन्न शीर्षकमा मौलापुर नगरपालिकाले १ करोड ८ लाख ३१ हजार ७९८ रुपैयाँ ६९ पैसा खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
नपाले क्वारेन्टाइन निर्माण, व्यवस्थापन तथा सञ्चालनमा २५ लाख, ३९ हजार ५२४, नपाभित्रका १ हजार ३ सय २५ घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गर्दा १५ लाख ४० हजार, दोस्रो चरणमा ४ हजार १०० घरपरिवारलाई राहत वितरण गर्दा ४५ लाख १२ हजार ४०० रुपैयाँ खर्च भएको जनाएको छ।
यसैगरी, कोरोना सङ्क्रमण रोकथामसम्बन्धी औषधि तथा सुरक्षा सामग्री खरीदमा २० लाख १७ हजार ६१९ रुपैयाँ ६९ पैसा र एम्बुलेन्स भाडा, बस भाडा, सूचना प्रसारणलगायत विविध खर्च गरी ३ लाख २२ हजार २५५ रुपैयाँ गरी कुल १ करोड ८ लाख ३१ हजार ७९८ रुपैयाँ ६९ पैसा खर्च भएको नपाको आर्थिक प्रशासन शाखाले जनाएको छ।
प्रदेश सरकारबाट अनुदानस्वरूप प्राप्त १५ लाख रुपैयाँ पनि यसै खर्चमा समावेश गरिएको नपाले जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.