, रौतहट २९ भाद्र ।
प्रहरी चौकी मोतिपुर नरकटिया र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ७८ हजार आठ सय पचास रुपैया वरावरको सामग्री पक्राउ गरी भन्सार चलान गरेको छ ।
झोला ,बोरा , साईकल र टाउँकोमा बोकी नेपाल तर्फ भित्र्याई ल्याएको अठहत्तर हजार आठ सय पच्चास बराबरको कुर्ता सुरुवाल कपडा, औषधी छर्ने टंकी, पानि तान्ने पम्प सेट, जिरा, धनिया, चिनी लगायतका अन्य सरसामानहरु पक्राउ गरेको थियो ।
यसै गरी प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.६ पल्टुवा नेपालवाट भन्सार छली चोरी निकासी गरी बोराहरु भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ बोराहरु छाडी भागी फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी टोलीले सो बोराहरु खोली हेर्दा त्रिपन्न हजार पाँच सय बराबरको सोफी र कस्तुरी रक्सी समेत गरी जम्मा एक लाख छतिस हजार तीन सय पच्चास बराबरको भन्सार चोरी निकासी र पैठारीका सरसामानहरु वेवारिसे अवस्थामा बरामद गरी भन्सार चलान गरेको जिप्रकाले जनाएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments