रौतहट २८ भदौ ।
मौलापुर नगरपालिका कोभिड व्यवस्थापन खर्च सार्वजनिक गरेको छ । विभिन्न नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा अस्वाभाविक खर्च सार्वजनिक गरिरहेको समयमा मौलापुर नगरपालिकाले एक करोड रुपैयाँभन्दा केही बढी मात्र खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षमा कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रण कार्यका लागि विभिन्न शीर्षकमा मौलापुर नगरपालिकाले १ करोड ८ लाख ३१ हजार ७९८ रुपैयाँ ६९ पैसा खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
नपाले क्वारेन्टाइन निर्माण, व्यवस्थापन तथा सञ्चालनमा २५ लाख, ३९ हजार ५२४, नपाभित्रका १ हजार ३ सय २५ घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गर्दा १५ लाख ४० हजार, दोस्रो चरणमा ४ हजार १०० घरपरिवारलाई राहत वितरण गर्दा ४५ लाख १२ हजार ४०० रुपैयाँ खर्च भएको जनाएको छ।
यसैगरी, कोरोना सङ्क्रमण रोकथामसम्बन्धी औषधि तथा सुरक्षा सामग्री खरीदमा २० लाख १७ हजार ६१९ रुपैयाँ ६९ पैसा र एम्बुलेन्स भाडा, बस भाडा, सूचना प्रसारणलगायत विविध खर्च गरी ३ लाख २२ हजार २५५ रुपैयाँ गरी कुल १ करोड ८ लाख ३१ हजार ७९८ रुपैयाँ ६९ पैसा खर्च भएको नपाको आर्थिक प्रशासन शाखाले जनाएको छ।
प्रदेश सरकारबाट अनुदानस्वरूप प्राप्त १५ लाख रुपैयाँ पनि यसै खर्चमा समावेश गरिएको नपाले जनाएको छ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments